काठमाडौं, ६ असोज । सरकारले निजामती सेवाका कर्मचारीको संख्या कटौति गर्ने तयारी गरेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले निजामती कर्मचारीको संख्या कटौति गर्न लागिएको बताउनु भएको हो । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले लगानी छ तर फल नभएकाले पनि निजामती कर्मचारीलाई आवश्यक संख्यामा मात्रै राख्न लागिएको पनि स्पष्ट पार्नु भयो । मन्त्री पण्डितले निजामती सेवालाई गुणस्तरीय बनाउने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो ।
मन्त्री पण्डितले सेवा र सुविधामात्रै मागेर निजामती कर्मचारीहरुले हैरान पारेको गुनासो पनि गर्नु भयो । निजामती कर्मचारीको संख्या बढदै जाँदा त्यसका सेवा, सुविधामा केही कमी आउनुलाई स्वभाविक रुपमा लिनुपर्ने मन्त्री पण्डितको भनाई थियो ।
प्रतिक्रिया दिनुहोस्