ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

समृद्ध नेपालको आकाङ्क्षा पूरा गर्न उपराष्ट्रपतिको आग्रह


एबीसी न्यूज


काठमाडौं, ६ असोज ।  उपराष्ट्रपति नन्दबहादुर पुनले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्नेतर्फ केन्द्रित हुन अन्तर्राष्ट्रिय तथा राष्ट्रिय गैरसरकारी सङ्घसंस्थालाई आग्रह गर्नुभएको छ ।

चालिसौँ सामाजिक सेवा दिवसका अवसरमा सामाजिक सेवा मूल समारोह समिति र समाज कल्याण परिषद्द्वारा आज आयोजित समारोहलाई सम्बोधन गर्दै उहाँले विगतमा देशको राजनीतिक, आर्थिक तथा सामाजिक रुपान्तरणमा महत्वपूर्ण योगदान पु¥याए जस्तै गरी सामाजिक सङ्घसंस्था र अभियनकर्मीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्नेतर्फ केन्द्रित हुनेमा विश्वास व्यक्त गर्नुभयो ।

उहाँले प्रत्येक नेपालीको आर्थिक, सामाजिक रुपान्तरणसहित समुन्नत र समृद्ध नेपाल निर्माणको महाअभियानमा हातेमालो गर्नु सामाजिक सङ्घसंस्थाको कर्तव्य रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “लोकतन्त्रमा मात्रै सामाजिक सङ्घसंस्था फस्टाउन सक्ने र सामाजिक काम पनि गर्न सम्भव हुन्छ, वर्तमान राजनीतिक परिवर्तन र उपलब्धिका लागि सामाजिक सङ्घसंस्थाले खेलिरहेको भूमिका सराहनीय छ, आर्थिक, राजनीतिक र सामाजिक रुपान्तरणका लागि निर्वाह गरेको भूमिकाका लागि सामाजिक सङ्घसंस्थालाई धन्यवाद दिँदै प्राप्त उपलब्धिप्रति गौरव गर्न आग्रह गर्दछु ।”

उपराष्ट्रपति पुनले केहीले राम्रो काम गरिरहेको उदाहरण भए पनि ती सामाजिक संस्थाको रकम लक्षित समुदायसम्म पुग्न नसकेको गुनासो आइरहेकाले लक्षित समुदायलाई परनिर्भरताभन्दा पनि आत्मनिर्भर बनाउनतर्फ केन्द्रीत हुनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “अहिले गाउँमा कुनै सानो सामाजिक कामका लागि बैठक बसौँभन्दा भत्ता कति आउँछ रु भन्ने प्रवृत्ति निकै बढेको पाइन्छ, जस्तो कर्णालीका स्थानीय जनताका लागि स्थानीय उत्पादनमा जोड दिने र त्यसबाट आर्थिक उत्पादनको सोचको विकास गर्नुभन्दा निरन्तर चामल पठाइराख्ने र परनिरर्भर बनाइराख्नेमा मात्रै हामी केन्द्रित भएका त छैनौँ ।”

उहाँले गैरसरकारी सङ्घसंस्थाले काठमाडौँका ठूला होटलहरुमा कार्यक्रम गरेर पैसा सक्नुको सट्टा कर्णालीका जनतालाई स्याउ, जडीबुटी, पशुपालनमा लाग्न प्रेरित गर्ने कार्यक्रम ल्याउनुपर्ने आवश्यक औँल्याउनुभयो ।

महिला, बालवालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले गैरसरकारी संस्थाको प्रभावकारी परिचालनमार्फत देशको आर्थिक भौगोलिक क्षेत्रका साथै महिला, बालबालिका ज्येष्ठ नागरिक अपाङ्गताका क्षेत्रलगायत समग्र कल्याणका क्षेत्रमा परिषद्ले योगदान पु¥याउँदै आएको बताउनुभयो । उहाँले अब बन्ने परिषद्को ऐन नेपालको संविधानको उद्देश्य र अन्तर्राष्ट्रिय अभ्यासलाई आधार बनाएर बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

परिषद् सामाजिक क्षेत्रमा काम गर्ने गैरसरकारी सङ्घसंस्थाको सहजीकरण समन्वय र ती संस्थाले सञ्चालन गर्ने कार्यक्रमको अनुगमन तथा मूल्याङ्कन गर्न स्थापना गरिएको स्वायत निकाय हो । हाल नेपालमा कार्यक्रम सञ्चालन गर्नका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी सङ्घसंस्था परिषद्बाट स्वीकृति लिएर काम गर्दै आएका छन् । हाल २५० भन्दा बढी अन्तर्राष्ट्रिय र ५० हजारभन्दा बढी राष्ट्रिय गैरसरकारी संस्था परिषद्मा आबद्ध छन् । कार्यक्रममा समाजिक क्षेत्रमा योगदान पु¥याउने विभिन्न व्यक्तित्वलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com