पोखरा, ६ असोज । मध्यपहाडी लोकमार्ग विस्तारको क्रममा सुख्खा पहिरो जाँदा एकजनाको निधन भएको छ । लोकमार्गको पर्वत खण्ड अन्तर्गत कुश्मा नगरपालिका ७ खरेयामा पहिरो जाँदा मोरङको बेलबारी नगरपालिका २ का २७ वर्षिय कमल राईको निधन भएको हो ।
बाटो नापजाँच गरिरहेको बेला माथिबाट ढिस्को सहित आएको पहिरोले राईलाई पुरेको हो । राई उनी मध्यपहाडी लोकमार्ग आयोजनाका सबओभरसियर हुन् । उनको शवलाई जिल्ला प्रहरी कार्यालय पर्वतका टोली र सशस्त्र प्रहरीको संयुक्त टोलीले एक्साभेटरको सहयोगले बाहिर निकालेको छ। त्यहाँ कार्यरत मजदुरका अनुसार उनका भाइहरू पनि सोही ठाउँमा काम गरिरहेको भए पनि सुरक्षित छन् । शवलाई पोष्टमार्टमको लागि पर्वत जिल्ला अस्पतालमा राखिएको छ।
स्थानीय एक ब्याक्तिका अनुसार दुर्घटना भएर माटो मुनि मान्छे पुरिएको थाहा पाउँदा पनि त्यति ठुलो भिडले फोटो र भिडियो खिचेको देख्दा कतै मानवता पनि हराएको हो कि भान पर्न गएको बताएका छन् । घटना घटे लगतै भिडले तुरुन्तै माटो पछाउँन सकेको भए कतै बाच्ने थिएकी भन्ने आश रहन सक्थ्यो एक स्थानिएले बताए ।
प्रतिक्रिया दिनुहोस्