ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

व्यक्ति र समाज रुपान्तरणको माध्यम योग


एबीसी न्यूज

काठमाडौं, ६ असोज  । प्रदेशसभा सदस्य रामेश्वर फुयाँलले व्यक्ति र समाज रुपान्तरणको महत्वपूर्ण माध्यमका रुपमा योगलाई जनस्तरसम्म विकास गर्न आवश्यक रहेको बताउनुभएको छ ।
पतञ्जलि योग समिति सुन्दरीजल योग शिविरको एघारौँ वार्षिकोत्सवका अवसरमा गोकर्णेश्वर नगरपालिका–१ स्थित ओख्रेनी माविमा आज आयोजित कार्यक्रममा उहाँले आर्थिक समृद्धिका लागि स्थानीय उत्पादन एवं जडीबुटीको उपयोग र विकासमा स्थानीय सरकारको सहयोगमा प्रदेश सरकारले कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो । वडा नं २ का अध्यक्ष कृष्णबहादुर पण्डितले नगरपालिकाको नौ वटै वडामा योग र विभिन्न सामाजिक एवं आध्यात्मिक कार्य गर्न मिल्ने गरी सामुदायिक हल निर्माण गर्ने योजना रहेको जानकारी दिनुभयो । युवा पतञ्जलि योग समिति नेपालका प्रमुख ललितशङ्कर योगीले प्रत्येक व्यक्तिसम्म योग पु¥याउने समितिको अभियानमा सहयोग गर्न आग्रह गर्नुभयो ।
प्रा डा ऋषिराम पोखरेलले पूर्वीय निधिका रुपमा रहेको योगको महत्वलाई पछिल्लो समय पश्चिमा मुलुकले समेत आत्मसात् गर्नु योग भूमि नेपालका लागि गर्वको विषय भएको बताउनुभयो । योग समिति प्रदेश नं ३ का सल्लाहकार अच्युत अर्यालले योगको ज्ञान र अभ्यासका साथै आचरण महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो । समितिका काठमाडौंँ अध्यक्ष सुरेन्द्र रिमालले काठमाडौँमा मात्र पतञ्जलिका १६० भन्दा बढी शिविर दैनिक सञ्चालनमा रहेका बताउनुभयो । कतिपय स्थानमा भौतिक पूर्वाधारको अभावका कारण शिविर नियमित हुन नसकेकाले पूर्वाधार निर्माणमा प्रदेश र स्थानीय सरकारले सहयोग गर्नुपर्ने उहाँको भनाइ थियो । त्यस अवसरमा एभोगार्ड, अमलालगायतका जडीबुटी रोपण गर्नाका साथै सुन्दरीजल शिविरका साधक शङ्करमान तामाङ, सुनमाया श्रेष्ठ, सुलोचना श्रेष्ठ, सरस्वती श्रेष्ठ र विजयालक्ष्मी श्रेष्ठ लगायतलाई सम्मानसमेत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com