ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भविष्यमा अयोग्य हुने गरी ‘ब्ल्याक लिष्टेड’भन्दा पनि ‘डार्क लिष्टेड’मा राख्नुपर्छ– प्रधानमन्त्री ओली


एबीसी न्यूज

काठमाडौं, असोज ६ । प्रधानमन्त्री केपी शर्मा ओलीले १४आँै त्रिवर्षीय योजना मुलुकको आधार वर्ष बन्न पुगेको बताउनु भएको छ । उक्त अवधिमा शान्ति स्थापनापछि संविधान कार्यान्वयनसँगै तीनै तहको निर्वाचन सम्पन्न गरेको स्मरण गर्दै प्रधानमन्त्री ओलीले अब विकासको गतिलाई तीव्रता दिने बेला आएको बताउनुभयो ।

सिंहदरबारमा राष्ट्रिय विकास समस्या समाधान समितिको ४६औँ बैठकलाई आइतवार साँझ सम्बोधन गर्दै उहाँले विकासमा जनताको सहभागितालाई आत्मसात् गर्न मन्त्री र सरकारी अधिकारीलाई आग्रह गर्नुभयो । सङ्घीय सरकारका मन्त्री, प्रदेशका मुख्य मन्त्रीहरु तथा सरकारी अधिकारीहरु सहभागि उक्त बैठकमा प्रधानमन्त्री ओलीले लोकप्रिय र वितरणमुखीभन्दा दिगो विकास र परिणाममुखी काम गर्न निर्देशनसमेत दिनुभयो ।

बैठकमा राष्ट्रिय योजना आयोगले मुलुकको आर्थिक सूचक, चौधौँ योजनाका आर्थिक सामाजिक तथा भौतिक उपलब्धिहरु, मन्त्रालयगत खर्च, राष्ट्रिय गौरवका आयोजनाको प्रगति, भूकम्पपछिको पुनःनिर्माण र हाल देखिएका समस्याबारे जानकारी गराएको थियो । बैठकमा प्रधानमन्त्री ओलीले अघिल्ला बैठकका निर्णयहरु नै कार्यान्वयन हुन नसकेकामा चिन्ता प्रकट गर्नुभयो । त्रिचालिसौँ बैठकमा भएका छ वटा निर्णयमा दुईवटा मात्रै पूरा भएको र चवालिसौँ बैठकका आठ निर्णयमा दुई तथा पैँतालिसौँ बैठकका आठमा एउटा पनि निर्णय पूरा नहुनु दुःखद् कुरा भएको बताउनुभयो ।

“के हामीले गलत निर्णय ग¥यौँ, निर्णय ठीक गरेका छौँ भने कार्यान्वयन हुनुपर्छ, निर्णय गर्ने कार्यान्वयन नगर्ने, यो कुरा हुनै सक्दैन, अब त्यो स्थिति हुनु हुँदैन”, प्रधानमन्त्री ओलीले भन्नुभयो । अहिले देश खास परिस्थितिमाबाट अगाडि बढिरहेको र सरकारको काँधमा विशेष जिम्मेवारी रहेको उल्लेख गर्दै उहाँले जनताको अपेक्षा अनुसारको काम गर्न मन्त्रीलाई आग्रह गर्नुभयो ।

प्रधानमन्त्री ओलीले अहिलेको निर्वाचन प्रणालीबाट राजनीतिक स्थायित्व हुन नसक्ने र बहुमतको सरकार पनि बन्न नसक्ने जिकिर गर्नुभयो । यस्तो प्रणालीमा पनि बहुमतको सरकार प्राप्त भएको स्मरण गर्दै उहाँले भन्नुभयो, “सरकारले केही गर्छ भनेर जनताले विश्वास गरेर अनुकूल वातावरण जनताले दिएका छन्, यस्तो बेलामा गतिका साथ काम गर्न सकिएको छैन, यस अवसरको अधिकतम सदुपयोग गर्नुपर्छ ।”

मुलुकमा लोकप्रिय र वितरणमुखी काम र भन्दा दिगो विकासका काममा लाग्नुपर्नेमा जोड दिँदै उहाँले जनतालाई देश बनाउनका लागि प्रेरित गर्न मन्त्रीहरुलाई सुझाव दिनुभयो । उहाँले थप्नुभयो, “यो देश बनाउने हो भने जनताले बनाउने हो, सरकारले त नीति दिन्छ, बाटो देखाउँछ, योजना बनाउँछ, जनता आफैँ तत्पर भएन भने देश बन्दैन, वितरणमुखी कुरा गरेर मात्रै हुँदैन ।”

सरकारले दिएर जनतालाई खुशी पार्नुभन्दा विकासका काममा हिट गर्ने क्षमता वृद्धि गरी शिक्षा, स्वास्थ्य र रोजगारीको सिर्जना गर्नुपर्नेमा उहाँको जोड थियो । जनतामा आफूले समृद्धि हासिल गर्नुपर्छ, आफूले कमाउनुपर्छ आफूले श्रम गर्नुपर्छ, सुन्दर, सफल र समृद्ध देश हामीले बनाउन सक्छौँ भन्ने भावना जागृत गराउनतर्फ लाग्न मन्त्रीहरुलाई प्रधानमन्त्रीको सुझाव दिनुभयो ।

पुराना आयोजनाहरु तोड्दा सरकारलाई आठ/नौ खर्बको दायित्व बढ्न जाने विषयतर्फ सङ्केत गर्दै प्रधानमन्त्री ओलीले यस्तो अवस्था रहँदारहँदै पनि कोही दण्डित नहुने, कोही जिम्मेवार नहुने, कसैले दायित्व नलिने अवस्था आउनु दुःखद कुरा हो भन्नुभयो । राजनीतिक संरक्षणकै कारण त्यस्तो परिस्थिति सिर्जना भएको ठोकुवा गर्दै त्यस्ता ठेकेदारहरु कुनै न कुनै शक्तिशाली मान्छेको ओत लागेकोे प्रधानमन्त्रीको दाबी छ ।

“ठेकेदारहरुलाई रानीतिक संरक्षणले यो भएको हो, यो स्थिति जबसम्म हुन्छ, विकास निर्माणका काम अगाडि बढ्दैन, यसलाई अन्त्य गर्नुपर्छ”, प्रधानमन्त्रीले भन्नुभयो । राम्रा र काम गर्ने ठेकेदारलाई समय दिन सकिने भए पनि काम नै नगर्नेको हकमा सधैँका लागि अयोग्य हुने गरी कालोसूचीमा राख्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

एउटा बाटो १० वर्षअघि बन्थ्यो भने त्यसले अर्थतन्त्र, सामाजिक चेतना जागरणमा र बालबालिकाको शिक्षामा ठूलो परिवर्तन हुने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले ढिलाइ हुँदा प्रत्यक्ष र परोक्षरुपमा ठूलो क्षति पुगेको बताउनुभयो । राजनीतिक संरक्षण र आडमा ठेक्का हुने स्थितिको अन्त्य हुनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “निश्चित समयसम्म मौका दिएर जाने र हुँदै हुँदैन भने ठेक्का तोड्न प¥यो, क्षतिपूर्ति दिलाउन प¥यो, दण्डित गर्नुप¥यो, भविष्यमा अयोग्य हुने गरी ‘ब्ल्याक लिष्टेड’भन्दा पनि ‘डार्क लिष्टेड’मा राख्नुपर्छ ।”

कार्यक्रममा सङ्घीय सरकारका मन्त्री, विभिन्न प्रदेशका मुख्यमन्त्री, योजना आयोगका उपाध्यक्षसहितका पदाधिकारी र विभिन्न सरकारी अधिकारीहरुको सहभागिता थियो । बैठकका अवसरमा राष्ट्रिय योजना आयोग, राष्ट्रिय पुनःनिर्माण प्राधिकरण र लगानी बोर्डले प्रधानमन्त्री ओलीसँग कार्य सम्पादन सम्झौता गरेको छ ।

बैठकमा योजना आयोगका उपाध्यक्ष प्रा डा पुष्पराज कँडेलले आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रगति समीक्षा र समस्याहरुका बारेमा जानकारी गराउनु भएको थियो । बैठकमा मुलुकको विकासको गति तीव्र रुपमा अगाडि बढेको र आर्थिक विकास बढ्दो क्रममा रहेको समीक्षामा जानकारी गराइएको थियो ।

योजना आयोगले जलविद्युत् आयोजनाको भौतिक पूर्वाधार निर्माण, ढुङ्गा, माटो, गिट्टी, बालुवा आदिको उपयोग र व्यवस्थापन, अधुरा आयोजना कार्यान्वयन, पुनःनिर्माण गर्नुपर्ने आयोजना, जग्गा अधिग्रहण र मुआब्जा, विराटनगर–धरान छ लेन सडक, प्रदेशमा हस्तान्तरण गर्नुपर्ने योजना कार्यान्वयन लगायतका समस्याहरु प्रस्तुत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com