काठमाडौं, ५ असोज । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले नेपालमा पनि मृत्यदण्डको सजाय दिनुपर्ने होकि भन्ने आफूलाई लाग्ने गरेको टिप्पणी गर्नु भएको छ । पूर्व प्रधानमन्त्री समेत रहनु भएका वरिष्ठ नेता नेपालले मुलुकमा क्रूर दानवीय प्रवृत्ति बढदै गएको देख्दा मृत्य दण्डको सजायको व्यवस्था गर्नुपर्ने हो कि भन्ने लाग्ने गरेको बताउनु भएको हो ।
उहाँले महिला हिंसा, हत्या, बलात्कारको घटना अन्त्यन्तै क्रूर ढंगले बढदै गएकाले त्यसलाई नियन्त्रण गर्न कडा दण्ड सजायको व्यवस्था गर्न सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भयो । आईतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै वरिष्ठ नेता नेपालले गल्ती गर्नेमाथि कडा कार्वाही गर्न पनि सरकारसँग माग गर्नुभयो ।
वरिष्ठ नेता नेपालले गल्तीे गर्नेमाथि कार्वाही भएमात्रै राम्रो काम गर्नेले प्रोत्साहन पाउनेतर्फ पनि सरकारलाई सचेत गराउनुभयो ।
प्रतिक्रिया दिनुहोस्