काठमाडौं, ५ असोज । राष्ट्रपति विद्या भण्डारीले ‘समृद्ध नेपालः सुःखी नेपाली’ को राष्ट्रिय आकांक्षा हासिल हुने गरी बैज्ञानिक खोज तथा अनुसन्धानका माध्यमबाट प्राप्त ज्ञान र प्रविधिको प्रयोगमा ध्यान दिन सरकारलाई आग्रह गर्नुभएको छ ।
प्रधानमन्त्री राष्ट्रिय पुरस्कार वितरण समारोहमा राष्ट्रपति भण्डारीले अध्ययन र अनुसन्धानको क्षेत्रमा प्राज्ञिक तथा शिक्षण संस्थाहरुलाई थप प्रोत्साहन हुने गरी प्रतिभा विकास, पहिचान र उजागर हुने गरी राज्यका सबै निकायको ध्यान पुग्ने विश्वास व्यक्त गर्नुभयो । राष्ट्रपति भण्डारीले सरकारले विज्ञान, प्रविधि र अनुसन्धानको क्षेत्रमा प्रोत्साहन हुने गरी राष्ट्रिय पुररस्कारहरु स्थापना गर्दै गएकोमा खुसी पनि व्यक्त गर्नुभयो ।
कार्यक्रममा आँखाको अनुसन्धानमा अन्तराष्ट्रिय क्षेत्रमा समेत ख्याती कमाउनु भएका वरिष्ठ चिकित्सक डा.सन्दुक रुईतलाई ५ लाख नगदसहित ‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार’ बाट सम्मान गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्