काठमाडौं, ५ असोज । दशै मनाउन घर जाने यात्रुहरुलाई लक्षित गरी आइतबारदेखि अग्रीम टिकट बुकिङ खुल्ला हुने भएको छ । गोगबुस्थित नया“ बसपार्कबाट बितरण हुने अग्रिम टिकट बुकिङका लागि आइतबार बिहान ६ बजेदेखि बुकिङ खुला हुने छ । अग्रिम बुकिङको लागि सम्पुर्ण तयारी पुरा भएको व्यवसायीहरुले बताएका छन । यस्तै बसपार्कमा दशैमा आपराधिक गतिविधि हुन नदिनका लागि सुरक्षा व्यवस्था समेत कडा पारिएको प्रहरीले जनाएको छ ।
दशैका लागि अग्रीम बस टिकट बुकिङ आइतबारबाट खुल्ने भएको छ । यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी र यातायात व्यवसायीको समन्वयमा आइबार बिहान ६ बजे देखि अग्रीम टिकट बुकिङ खुल्ने छ । अग्रीम टिकट बुकिङका लागि सबै तयारी पुरा भएको व्यवसायीहरुले बताएका छन । दशै आउन १६ दिन अगाबै नै अग्रीम रुममा बसको टिकट बुकिङ खुल्न लागेको हो । टिकट बुकिङका लगि सबै तयारी पुरा भएको व्यवसयाीले बताएका छन । चार्डपर्वमा विचौलियालाई निरुत्साहित गर्नका लागि बसपार्कमा डे«स र परिचय पत्र लगाएका व्यक्तिहरुले टिकट काट्ने र पैसा लिने काम गर्ने छन । राजधानीका १४ वटा स्थानमा अग्रिम बुकिङका लागि टिकट काउण्टरको व्यवस्था गरिएको छ । भने सय भन्दा बढि ट्रफिक स्वयशेविका समेत घटाइएको ट्रफिक प्रहरीले जनाएको छ ।
दसैंमा उपत्यकाबाट ७० प्रतिशत मानिसहरु काठमाडौं बाहिरिने अनुमान गरिएको छ । टिकटलाई ब्यवस्थित गर्नका लागि १६ दिन अगावै नै बस टिकट बुकिङ खुल्ला गर्न लागिएको हो । ५ गते देखि अग्रीम टिकटका लागि राजधानीका बिभिन्न स्थानमा प्रहरी डेक्स समेत स्थापना गरिएको छ । यात्राको क्रममा हुने चोरी, पकेटमार, बिचौलियाका कारण यात्रुलाई पर्ने समस्यालाई रोक्नका लागि बढि भिडभाड हुने स्थानमा सिभिल डे«समा समेत प्रहरी खटाइने छ । आइतबार देखि टिकट खुल्ने भएपनि यात्रुलाई बस नम्बर भने जाने दिन भन्दा एक दिन अघि मात्र उपलब्ध हुने छ । अग्रीम टिकट बुकिङ गर्नेहरु सबै भन्दा बढि यात्रुको चाप फुलपातीदेखि अष्टमीसम्म हुने छ । दसैंका लागि नया“ गाडी समेत ल्याइएकाले यात्राका लागि गाडीअपुग नुहने बस व्यवसायीको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्