काठमाडौं, २ असोज । सरकारले प्रधानमन्त्रीको सरकारी निवासका लागि नयाँ भवन निर्माण हुने भएको छ । बालुवाटारस्थित हालको निवास परिसरभित्रै नयाँ भवनको आज शिलान्यास गरिएको छ । प्रधानमत्री केपी शर्मा ओलीले आज बिहान धार्मिक विधिपूर्वक भवनको शिलान्यास गर्नुभएको छ ।
हाल प्रधानमन्त्री वस्दै आएको भवनमा भूकम्पले क्षति पुर्याएको भन्दै ४० करोड रुपैयाँ (भ्याटबाहेक) खर्च गरेर नयाँ भवन बनाउन लागिएको हो । नयाँ भवन २ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ । प्रधानमन्त्री निवासका लागि दुईवटा नयाँ भवन बन्ने छन् । साढे दुई तलाको एउटा भवन प्रधानमन्त्रीको निजी प्रयोजनका लागि हुने छ भने तीन तलाको अर्को भवन सार्वजनिक प्रयोजनका लागि प्रयोग गरिने छ ।
प्रतिक्रिया दिनुहोस्