सिरहा, २ असोज । संविधान दिवसको अवसर पारी सिरहाको जिल्ला सदरमुकाम सिरहा बजारको सरसफाइ गरिएको छ। जिल्ला प्रशासन कार्यालयको नेतृत्व, नेपाल प्रहरी , सशस्त्र प्रहरी बल , राष्ट्रिय अनुसन्धान र नेपाली सेनाको सक्रियतामा संबिधान दिवस २०७५ का अवसरमा जिल्ला सदरमुकाम सिरहा बजार सरसफाइ गरिएको हो।
प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीले असोज ३ गते संविधान दिवसको अवसरमा विभिन्न कार्यक्रम हुने र त्यसैको अवसरमा जिल्ला सदरमुकाम सिरहा बजार तथा जिल्ला समन्वय समितिको खुलामञ्चको सरसफाइ गरिएको बताए।
यस्तै संविधान दिवसकै अवसरमा जिल्ला समन्वय समितिको खुला मञ्चलाई रंङरोगन पनि गरिएको छ । प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारी , जिल्ला प्रहरी प्रमूख एसपी उमा प्रसाद चतुर्बेदी , राष्ट्रिय अनुसन्धान सिरहाका प्रमुख एसपी रमेशचन्द्र यादव , सशस्त्र प्रहरी बल सिरहा प्रमुख एसपि प्रबिन कंडेल , नेपाली सेना सहित नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले हातमा बिल्चा, झाडो बोकेर बजार क्षेत्रमा सरसफाइ गरेका थिए । २०७२ साल असोज ३ गते नेपालमा पहिलो पटक संविधान घोषणा भएको दिन पारी वर्षेनी संविधान दिवस मनाइँदै आएको छ।
प्रतिक्रिया दिनुहोस्