ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संविधान दिवसका अवसरमा निजी मेडिकल कलेजमा बहिरङ्ग सेवा निःशुल्क


एबीसी न्यूज

काठमाडौँ, २ असोज । संविधान दिवसका अवसरमा यहाँका निजी मेडिकल कलेजले पनि आज बहिरङ्ग सेवा निःशुल्क गरेका छन् । सरकारले सबै सरकारी अस्पतालमा आज एक दिनका लागि बहिरङ्ग सेवा निःशुल्क गर्ने घोषणा गरेको थियो । जिल्लामा रहेका चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेसले पनि बहिरङ्ग सेवा निःशुल्क गरेका हुन् । चितवन मेडिकल कलेजका व्यवस्थापक पारस अधिकारीले बहिरङ्गका विशेष र सामान्य दुवै सेवा निःशुल्क गरिएको बताउनुभयो । सामान्यमा रु २५ र विशेषमा रु ४०० लिने गरिन्थ्यो ।

उक्त मेडिकल कलेजमा दैनिक एक हजार ५०० हाराहारीमा बिरामी आउने गरेको उहाँले जानकारी दिनुभयो । यसैगरी कलेज अफ मेडिकल साइन्सेसले पनि बहिरङ्ग सेवा निःशुल्क गरेको छ । अस्पतालका प्रमुख कार्यकारी अधिकृत शुभप्रभात श्रेष्ठका अनुसार सामान्य र विशेष दुवै सेवा निःशुल्क गरिएको हो । दैनिक एक हजार हाराहारी बिरामी बहिरङ्ग सेवामा आउने उहाँले जानकारी दिनुभयो ।

यता जिल्लाका सरकारी अस्पताल सबैमा बहिरङ्ग सेवा निःशुल्क गरिएको छ । भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा श्रीराम तिवारीका अनुसार दैनिक एक हजार ९०० सम्म बिरामी बहिरङ्ग सेवामा आउने गर्दछन् । आज झरीको दिन भएकाले केही कम बिरामी हुने अनुमान गरिएको उहाँले बताउनुभयो ।

यस्तै यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा पनि बहिरङ्ग सेवा निःशुल्क गरिएको छ । अस्पतालका कार्यकारी निर्देशक डा विजयचन्द्र आचार्यका अनुसार दैनिक ७०० हाराहारी बिरामी उक्त अस्पतालमा आउने गर्दछन् । संविधान दिवसलाई विशेषरुपमा मनाउन आजदेखि तीन दिनसम्म जिल्लामा विभिन्न कार्यक्रम गरी मनाईदैछ ।
कलेजलाई एक करोड सहयोग
यहाँको मैयादेवी कन्या कलेजलाई अमेरिका निवासी प्रा डा कृष्णलालभाइ प्रधानले रु एक करोड एक हजार १११ सहयोग गर्नुभएको छ । नेपालमा आएको समयमा उहाँले कलेजका संरक्षक मैयादेवी श्रेष्ठलाई सो रकम बराबरको चेक हस्तान्तरण गर्नुभएको हो ।
सो अवसरमा सह–संरक्षक प्रेमकुमार श्रेष्ठ, सञ्चालक समिति अध्यक्ष टङ्कनाथ पौडेल र प्राचार्य भङ्कबहादुर गुरुङ पनि सहभागी हुनुहुन्थ्यो ।

कलेजका अध्यक्ष पौडेलका अनुसार दाता प्रधान नाताले संरक्षक श्रेष्ठका भाइ हुनुहुन्छ । श्रेष्ठकै निवासमा पुगेर प्रधानले सो चेक हस्तान्तरण गर्नुभएको उहाँले जानकारी दिनुभयो । सङ्कलित रकमलाई गरीब र जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति दिन अक्षयकोष खडा गरिने र सो कोषमा रकम थप गर्दै लगिने अध्यक्ष पौडेलले जानकारी दिनुभयो । समाजसेवी श्रेष्ठले स्थापना गरिदिनु भएको सो कलेजमा हाल एक हजार एक सय विद्यार्थी अध्ययनरत छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com