ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सेनालाई साधनसम्पन्न र प्रविधि मैत्री बनाउनुपर्ने


एबीसी न्यूज
१ आश्विन २०७६, बुधबार   ७ : ४३   बजे

काठमाडौं, १ असोज । नेपाली सेनालाई साधनसम्पन्न र प्रविधिमैत्री बनाउनाले विपद् व्यवस्थापनमा सहज हुने आज यहाँ आयोजित अन्तरक्रियामा सहभागीले सुझाव दिएका छन् । नेपाली सेना–स्थानीय पत्रकार, नागरिक समाज, प्रबुद्ध व्यक्तिहरुसँगको अन्तरक्रियामा सहभागीले सैनिक विद्यालय हिमाल, तराई र पहाडी क्षेत्रमा विस्तार गरी सैनिकसँगको ग्रामीण क्षेत्रका जनतासम्म पहुँच पु¥याउनुपर्ने आवश्यकता औंल्याएका छन् ।

पूर्वी पृतनापति अनन्त कार्कीले सेनाले पारदर्शी र आर्थिक सुशासनका रुपमा कार्य गरिरहेको जानकारी दिँदै कानूनले दिएको अधिकारअनुसार आपत्कालिक स्वास्थ्य सेवा, सर्पदंश सेवाको पहुँच विस्तार गरिने बताउनुभयो । उहाँले नेपाल सरकारको सन् २०२० पर्यटन वर्ष, प्रदेश सरकारको ‘एक घर एक फलफूल’का बिरुवा कार्यक्रममा सेनाले समन्वय गरी कार्य गरिरहेको धारणा व्यक्त गर्नुभयो ।

महासेनानी ईश्वरकुमार श्रेष्ठले नागरिक समाजसँग प्रगाढ सम्बन्ध स्थापना गर्न तथा सेनामा भएका कमीकमजोरी, गुनासालाई सम्बोधन आगामी दिनमा यस्ता कार्यक्रम थप विस्तार गर्ने बताउनुभयो । सूर्यदल गणका गणपति प्रमुख सेनानी रघु पौडेल यस क्षेत्रमा विपद् व्यवस्थापनका लगायत छात्रालाई आत्मरक्षाको तालीम प्रदान गर्दै आएको जानकारी दिनुभयो ।

प्रदेश नं २ मा बारा र पर्सामा चैतमा आएको हावाहुरीमा स्थानीय जनतालाई सेनाबाट उद्धारमा गरिएको वित्तचित्र र मैथली भाषाको ‘अप्पन प्रस्तुत’ लघुचित्र प्रदर्शन गरिएको थियो । पृतनापति कार्कीले सेनासम्बन्धी रेडियो कार्यक्रम प्रसारण गरेकामा विराटनगरका कोशी र नागरिक एफएमलाई प्रशंसापत्र प्रदान गर्नुभयो । सेनाले यसअघि प्रदेश नं २ का पाँच जिल्ला यस्ता कार्यक्रम गरिसकेको छ भने प्रदेश नं १ पहिलो पटक कार्यक्रमको आयोजना गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा भूकम्पको विनाश: ९२० को मृत्यु, जीवितै उद्धारका लागि संघर्ष जारी

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

सम्बन्धित

मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको प्रतिवेदन

महँगोमा मल खरिदको सम्झौता, कृषि सामग्री कम्पनीभित्रै उठ्यो प्रश्न

काठमाडौँमा सामूहिक ‘कुमारी पूजा’ (तस्बिरहरू)

अरनिको राजमार्ग राति बन्द गरिने

ठगी अभियोगमा एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu