काठमाडौं, १ असोज । काठमाडौंको कपनमा एक महिला आफ्नै डेरामा मृत अवस्थामा भेटिएकी छिन् ।
कपनको तेन्जिङ चोकमा किराना र खाजा पसल सञ्चालन गर्दै आइरहेकी अन्दाजी ५५–५६ वर्षकी कमला केसी मृत अवस्थामा भेटिएकी हुन् । श्रीमानसँग सम्बन्धविच्छेद गरेकी ती महिला हात बाँधेको र मुखमा कपडा कोचेको अवस्थामा मृत भेटिएकी हुन् ।
घटनाका विषयमा अनुसन्धान गर्न प्रहरीले सोही घरमा नै बस्ने दुई जनालाई नियन्त्रणमा लिएको छ । महिलाको मृत्युबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्