ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यसरी गर्नुहोस् विश्वकर्मा पुजा, मिल्नेछ ब्यवसायीक उन्नती


एबीसी न्यूज
१ आश्विन २०७६, बुधबार   ५ : २३   बजे

काठमाडौं, १ असोज । प्रत्येक वर्षको आश्विन सङ्क्रान्तिका दिन उद्योग तथा कलकारखानामा रहेका मेशिनरी समानको पूजा गर्नाले अपेक्षित लाभ हुने विश्वासका साथ विश्वकर्मा पूजा गर्ने प्रचलन छ । यस दिन उद्योग एवं कलकारखानामा विश्वकर्माको पूजा गरेमा व्यवसायमा उन्नति, प्रगति र पारिवारिक सुख प्राप्त हुने जनविश्वास छ । पूजा शुरु गर्नुअघि मेशिनरी, सवारी साधनलगायतको राम्रोसँग सरसफाइ गर्ने गरिन्छ ।त्यस्तै आजको दिनलाई वास्तु दिवसका रूपमा समेत लिँदै वास्तुसम्बन्धी कामको शुरुआत गर्ने प्रचलन छ ।

सवारी साधनमा आजको दिन पूजा गर्नाले वर्षभर दुर्घटनालगायतका समस्याबाट मुक्त भइने विश्वासका साथ घर–घरमा विश्वकर्माको पूजा गरी सवारी साधनमा टीका लगाएर ध्वजा बाँध्ने प्रचलन छ । यातायात व्यवसायीले पोखराको पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनीको परिसरस्थित विश्वकर्मा बाबाको मन्दिर र अन्यले शक्तिपिठमा पूजाअर्चना गर्ने गर्दछन् । नयाँ उद्योग तथा कलकारखाना शुरु गर्नेले आजकै दिनबाट आफ्नो व्यवसाय शुरुआत गर्ने गरेका छन् । विभिन्न उद्योगमा विश्वकर्माको माटोको कलात्मक मूर्ति स्थापना गरी पूजापाठ गरिने भएकाले झण्डै एक महीना अगावैदेखि मूर्तिकारलाई भ्याइनभ्याइ हुने गर्दछ । मिथिला क्षेत्रमा आज ज्यावलका देवता विश्वकर्माको पूजाआराधना गरिँदैछ । प्रत्येक वर्षको असोज सङ्क्रान्तिका दिन यो पर्व मनाउने हिन्दू मैथिल परम्पराअनुसार आज महोत्तरीसहितका तराई क्षेत्रमा ज्यावलका देवता मानिने विश्वकर्माको पूजाआराधना गर्न लागिएको हो ।

पर्वका अवसरमा आज यस भेगका मेशिनरी पार्टस्का औद्योगिक तथा व्यापारिक प्रतिष्ठानमा विश्वकर्माको पूजाआराधना विशेष समारोहबीच धार्मिक विधिबाट गरिँदैछ । पर्वका अवसरमा सामान उत्पादन गरिने स–साना उद्योग, अन्नपात कुटान/पिसान र पेलान गर्ने मिल, यातायातका साधन तथा धातुबाट बनेका स–साना ज्यावललाई पनि धोइपखाली पूजा गरिने चलन छ । ठूला–साना सबै कलकारखानामा विश्वकर्मा पूजनोत्सव मुख्य पर्व मानिँदै आइएको छ ।

यस पर्वमा कारखाना वा कुनै पनि उद्योगमा काम गर्ने कामदारलाई सञ्चालकले विशेष भोजन गराउने, बोनस दिने र नयाँ वस्त्र दिने परम्पराले श्रमिकका लागि यो पर्व खास अवसर पनि बनेको कारखाना र उद्योगका कामदार बताउँछन् । यो पर्वका अवसरमा दारीकपाल सेताम्य फुलेको आकृतिका श्री विश्वकर्माका प्रतिमा सबैजसो औद्योगिक तथा व्यापारिक प्रतिष्ठान र गाउँनगर बस्तीका चोक–चोकमा स्थापित गरिएका छन् ।

झट्ट हेर्दा ब्रह्माकै आकृति देखिने विश्वकर्माले आफ्ना चारहातमध्ये दुई हातमा तार, डोरी र फलामे ज्यावल हातमा लिएका प्रतिमामा देखिन्छ । कैयौँ ठाउँमा विश्वकर्मा पूजा पर्वका अवसरमा धार्मिक मेला र विशेष नाचगान कार्यक्रम आयोजना गरिएका छन् । सत्ययुगमा देवता र दैंत्यले संयुक्तरूपमा समुद्रमन्थन गर्दा उत्पत्ति भएका विश्वकर्मालाई ब्रह्माले ज्यावलको संरक्षण र उपयोग गराउने जिम्मेवारी दिएको बताइन्छ । आज असोज सङ्क्रान्तिका दिन विश्वकर्माको पूजाआराधनाले ज्यावल खिया नलाग्ने, टिकाउ हुने र सधैँ शुभ फल दिने विश्वास गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group