ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डेङ्गुका कारण आपतकाल घोषणा गर्नुपर्दैन– उपप्रधानमन्त्री यादव


एबीसी न्यूज

काठमाडौं, १ असोज । उपप्रधान, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले डेङ्गु रोगका कारण आपत्कालीन अवस्थाको घोषणा गर्नुपर्ने अवस्था नरहेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सार्वजनिक महत्वको वक्तव्य दिनुहुँदै उहाँले स्वास्थ्य मन्त्रालय महामारी नियन्त्रण गर्न सक्षम रहेकाले आपत्कालीन अवस्था घोषणा गर्नुपर्ने अवस्था नदेखिएको जानकारी गराउनुभयो ।

पछिल्ला दिनहरुमा रोगीको सङ्ख्या घट्दै गएको अभिलेख रहेको उपप्रधानमन्त्री यादवले सुनाउनुभयो । १५ वर्ष अघि २०६१ मा चितवनमा देखा परेको डेङ्गु हाल ५६ जिल्लामा फैलिएको उहाँको भनाइ थियो ।

“पाँच हजारभन्दा बढी मानिस यो रोगबाट प्रभावित भएका छन्, ६ जनाको निधन भएको छ, विश्वमै चुनौतीका रुपमा देखापरेको यो रोगको मुख्य कारण अव्यवस्थित शहरीकरण हो, लामखुट्टेबाट सर्ने अन्य रोग जापानी इन्सेफ्लाइटिसलगायत निर्मूल हुने चरणमा छ, औलोका कारण मृत्यु शून्यमा झरेको छ” । उहाँले भन्नुभयो ।

खोज र नष्ट गर अभियानका लागि तीन तहका सरकारले जनचेतना अभियान चलाइरहेकोे, प्रभावित जिल्लामा ११ हजार किट पठाइएको मन्त्री यादवले जानकारी दिनुभयो । उहाँले बढी प्रभावित धरान, इटहरी, विराटनगर, पोखरालगायत स्थानमा विशेष सफाइ अभियान सञ्चालन गरिएको बताउनुभयो । डेङ्गु सहयोग कक्षको स्थापना, ज्वरो आएकाको निःशुल्क रक्तपरीक्षण गरिएको, टेकुमा २० श्यया डेङ्गु प्रभावितका लागि छुट्याइएको, विद्यालयमा जनचेतनामूलक खोज र नष्ट गर अभियान चलाउन थालिएको उहाँले बताउनुभयो ।

बैठकमा सांसद देवेन्द्रराज कँडेलले ५६ जिल्लामा डेङ्गु फैलिँदा पनि किन महामारीका रुपमा आपत्कालीन अवस्थाको घोषणा नगर्ने भनी प्रश्न राख्नुभएको थियो । सांसदहरु सुजाता परियार, खगराज अधिकारी, रामबहादुर विष्ट, दिलेन्द्रप्रसाद बडू, अमनलाल मोदी, पुष्पा भुसाल, प्रेम सुवाल, पार्वता डिसी चौधरी, देवप्रसाद तिमल्सिना, मीना सुब्बा, जीवनराम श्रेष्ठ, विरोध खतिवडा, कृष्णगोपाल श्रेष्ठ, राजेन्द्रकुमार केसी, नवीना लामाले देशभर फैलिएको रोगका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com