काठमाडौं, ३१ भदौ । गएराति देखि परेको अविरल बर्षाका कारण सप्तकोशी नदीको बाहाव बढेको छ ।
पछिल्लो मापन अनुसार सप्तकोशी नदीको बाहाव २ लाख ३२ हजार ९ सय ८५ क्युसेक प्रतिसेकेण्ड पानीको बाहाव रहेको कोशी व्यारेज कन्ट्रोलरुमले जनाएको छ । कोशी व्यारेजका ५६ ढोकामध्ये ३६ वटा ढोका खोलिएको छ । सुनसरी र सप्तरीमा सप्तकोशी नदीको तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
चतरामा सप्तकोशी नदीको जल सतहले सतर्कता तह पार गरेको र खतरा तह आसपास पुग्न सक्ने सम्भावना रहेकाले सुनसरी र सप्तरीमा सप्तकोशीको तटीय क्षेत्रमा आज बेलुकासम्म नै उच्च सतर्कता अपनाउनुपर्ने महाशाखाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्