ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मन्त्री भट्टराईले गुहारे प्राज्ञिक वर्गलाई


एबीसी न्यूज
भाद्र ३१, २०७६ मंगलबार   ५ : १६   बजे

काठमाडौं, ३१ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले मुलुकमा अराजक गतिविधि बढ्दै गएको भन्दै प्राज्ञिक क्षेत्रका ब्यक्तिलाई विशेष भुमिका खेल्न आग्रह गर्नुभयो । उहाँले बढ्दै गएको अराजकता प्रति चिन्ता व्यक्त गर्नुभयो । प्राज्ञिक वर्गलाई विशेष भूमिका खेल्न गुर्हानुभएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानको ३४ औं प्राज्ञ सभाको मंगलबार काठमाडौमा उद्घाटन गर्दै उहाँले यस्तो बतानुभयो । उहाँले अराजक गतिविधिबाट मुलुक अगाडि बढन् नसक्ने भएकाले प्राज्ञिक वर्गले भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।

मन्त्री भट्टराईले सुसंस्कृत समाजबाट मात्र मुलुकमा परिवर्तन सम्भव हुने धारणा राख्नुभयो । प्रतिष्ठानले तयार पार्ने प्राज्ञिक महत्वका नीति, योजना र कार्यक्रममा सरकारले सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । यो समाचार, पनि प्रदेश ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेलले स्थानीय केन्द्र, प्रदेश र स्थानीय सरकारबीच सहकार्य भए मात्र सङ्घीयता सफल हुने बतार्नुभयो।

स्थानीय तहका लागि प्रदेश सरकारले नियुक्त गरेको कानूनी सहजकर्तालाई आज यहाँ सम्बोधन गर्दै सहजकर्ताले प्रदेश सरकारको प्रतिनिधिको रुपमा स्थानीय तहसँग समन्वय गरेर कार्यसम्पादन गर्न निर्देशन दिनुभयो । प्रदेशका विभिन्न ७ जिल्लाका ५७ कानूनी सहजकर्ता, स्थानीय तहका ५७ उपप्रमुख र सात जिल्लाका जिल्ला समन्वय समितिका उपप्रमुखको सहभागिता रहेको कानूनी सहजकर्ता अभिमुखीकरण तालीम कार्यक्रममा मन्त्री जम्मट्टेलले अधिकांश स्थानीय तहले प्रदेश सरकारले पठाएको इमेलको जवाफ नपठाएको बताउँदै त्यसो नगर्न अनुरोध गर्नुभयो । उहाँले एउटा सरकारले अर्को सरकारलाई बेवास्ता गर्दा वर्तमान राज्य व्यवस्थामाथि नै प्रश्न चिन्ह खडा हुने बताउनुभयो ।

प्रदेश सरकारले जारी गरेको संस्था दर्ता ऐनको कार्यान्वयन तथा अन्य ऐनको पालना गराउन स्थानीय तहले भूमिका निर्वाह गर्नुपर्ने उहाँको भनाइ थियो । उहाँले सहजकर्ता गाउँपालिकालाई कार्यसम्पादनमा सहयोग पुगोस भन्नका लागि प्रदेश सरकारका तर्फबाट पठाइएकोले उनीहरुको सदुपयोग गरेर फाइदा लिन स्थानीय तहलाई अनुरोध गर्नुभयो । कार्यक्रममा बोल्दै प्रदेशका मुख्यन्यायाधिवक्त ओम थपलियाले स्थानीय तहको न्यायिक समितिले गरेका निर्णयका कारण समाजममा सौहाद्रता छाएको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई किन संसद् मन पर्दैन ?

यसपालिको प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै वर्षा मापन

सम्बन्धित

सक्रिय राजनीतिबाट अलग भएको महराको घोषणा

पासपोर्ट छपाइ भ्रष्टाचारमा आरजु राणालाई अख्तियारले गर्‍यो म्याद तामेल

भिजिट भिसामा ओमान जान लागेका २७ जना महिला प्रहरी नियन्त्रणमा

एमालेको प्रश्न–प्रधानमन्त्रीले स्थायी रूपले अर्थमन्त्रीलाई सबै जिम्मेवारी हस्तान्तरण गरेको हो ?

सुधन गुरुङलाई हर्क साम्पाङको प्रश्न :अनलाइनमा मुख छाड्नेलाई सरकारले के कारबाही गर्छ ?

पूर्व र मध्य भेगमा वर्षा, बागमतीदेखि सुदूरपश्चिमसम्मको तराई भेगमा गर्मी बढ्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group