काठमाडौं, ३१ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले मुलुकमा अराजक गतिविधि बढ्दै गएको भन्दै प्राज्ञिक क्षेत्रका ब्यक्तिलाई विशेष भुमिका खेल्न आग्रह गर्नुभयो । उहाँले बढ्दै गएको अराजकता प्रति चिन्ता व्यक्त गर्नुभयो । प्राज्ञिक वर्गलाई विशेष भूमिका खेल्न गुर्हानुभएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानको ३४ औं प्राज्ञ सभाको मंगलबार काठमाडौमा उद्घाटन गर्दै उहाँले यस्तो बतानुभयो । उहाँले अराजक गतिविधिबाट मुलुक अगाडि बढन् नसक्ने भएकाले प्राज्ञिक वर्गले भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।
मन्त्री भट्टराईले सुसंस्कृत समाजबाट मात्र मुलुकमा परिवर्तन सम्भव हुने धारणा राख्नुभयो । प्रतिष्ठानले तयार पार्ने प्राज्ञिक महत्वका नीति, योजना र कार्यक्रममा सरकारले सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । यो समाचार, पनि प्रदेश ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेलले स्थानीय केन्द्र, प्रदेश र स्थानीय सरकारबीच सहकार्य भए मात्र सङ्घीयता सफल हुने बतार्नुभयो।
स्थानीय तहका लागि प्रदेश सरकारले नियुक्त गरेको कानूनी सहजकर्तालाई आज यहाँ सम्बोधन गर्दै सहजकर्ताले प्रदेश सरकारको प्रतिनिधिको रुपमा स्थानीय तहसँग समन्वय गरेर कार्यसम्पादन गर्न निर्देशन दिनुभयो । प्रदेशका विभिन्न ७ जिल्लाका ५७ कानूनी सहजकर्ता, स्थानीय तहका ५७ उपप्रमुख र सात जिल्लाका जिल्ला समन्वय समितिका उपप्रमुखको सहभागिता रहेको कानूनी सहजकर्ता अभिमुखीकरण तालीम कार्यक्रममा मन्त्री जम्मट्टेलले अधिकांश स्थानीय तहले प्रदेश सरकारले पठाएको इमेलको जवाफ नपठाएको बताउँदै त्यसो नगर्न अनुरोध गर्नुभयो । उहाँले एउटा सरकारले अर्को सरकारलाई बेवास्ता गर्दा वर्तमान राज्य व्यवस्थामाथि नै प्रश्न चिन्ह खडा हुने बताउनुभयो ।
प्रदेश सरकारले जारी गरेको संस्था दर्ता ऐनको कार्यान्वयन तथा अन्य ऐनको पालना गराउन स्थानीय तहले भूमिका निर्वाह गर्नुपर्ने उहाँको भनाइ थियो । उहाँले सहजकर्ता गाउँपालिकालाई कार्यसम्पादनमा सहयोग पुगोस भन्नका लागि प्रदेश सरकारका तर्फबाट पठाइएकोले उनीहरुको सदुपयोग गरेर फाइदा लिन स्थानीय तहलाई अनुरोध गर्नुभयो । कार्यक्रममा बोल्दै प्रदेशका मुख्यन्यायाधिवक्त ओम थपलियाले स्थानीय तहको न्यायिक समितिले गरेका निर्णयका कारण समाजममा सौहाद्रता छाएको बताउनुभयो।
प्रतिक्रिया दिनुहोस्