ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेसको जागरण अभियानमा शीर्ष नेताहरूको सक्रियता बढ्यो


एबीसी न्यूज
भाद्र ३१, २०७६ मंगलबार  २ : ५८ बजे

काठमाडौं, ३१ भदौ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले सञ्चालन गरेको राष्ट्रिय जागरण अभियान अन्तर्गत दोस्रो चरणको कार्यक्रममा पार्टीका शिर्ष नेताहरुको सक्रियता बढेको छ । अभियानमा पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य एवम् तोकिएका प्रतिनिधि आ–आफ्नो क्षेत्रमा निरन्तर सहभागी हुनुभएको पार्टी कार्यालयले जनाएको छ ।

पार्टीले यही भदौ २४ देखि असोज ७ गतेसम्म ‘हिमाल पहाड तराई–मधेस नेपाली काङ्ग्रेस राष्ट्रिय जागरण अभियान’को दोस्रो चरण मुलुकभर सञ्चालन गरेको छ । जागरण अभियानको दोस्रो चरणको शुभारम्भमा सुनसरीमा सभापति शेरबहादुर देउवा, कास्कीमा वरिष्ठ नेता रामचन्द्र पौडेल, धनुषामा उपसभापति विमलेन्द्र निधि, सुनसरीमा उपसभापति विजयकुमार गच्छदार, मकवानपुरमा महामन्त्री डा शशांक कोइराला, भक्तपुरमा महामन्त्री पूर्णबहादुर खड्का तथा काठमाडौँंमा कोषाध्यक्ष सीतादेवी यादव र सहमहामन्त्री डा प्रकाशशरण महत खटिनुभएको थियो ।

यसैबीच नेपाली काङ्ग्रेसका वरिष्ठ नेता पौडेल पार्टी जागरण अभियानको दोस्रो चरणअन्तर्गत प्रदेश नं– ५ का विभिन्न जिल्लामा जानुहुने भएको छ । नेता पौडेलले आगामी असोज ५ देखि १० गतेसम्म सो प्रदेशका विभिन्न जिल्लाका कार्यक्रममा सहभागी हुनुहुने भएको उहाँको सचिवालयले जनाएको छ । वरिष्ठ नेता पौडेलले पार्टीको राष्ट्रिय जागरण अभियान अन्र्तगत प्यूठान, रोल्पा र दाङमा हुने विभिन्न कार्यक्रमलाई सम्बोधन गर्नुहुने उहाँका सहयोगी चिरञ्जीवी अधिकारीले जानकारी दिनुभयो ।

यसअघि पार्टीले गत वैशाख २५ देखि जेठ २५ सम्म प्रथम चरणको जागरण अभियान सञ्चालन गरेको थियो । तेस्रो चरणको अभियान आगामी पुस ७ गते प्रारम्भ भई पुस १६ गते राष्ट्रिय मेलमिलाप दिवसमा समापन हुने पार्टी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालाजुको बुद्धज्योती विद्यालयमा पनि चल्यो डोजर

दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

सम्बन्धित

स्वयम्भु क्षेत्रमा पनि चल्यो डोजर

बल्खु, बंशीघाट र शंखमुलमा डोजर चल्दा १४१४ नागरिक विस्थापित

डोजरले छानो ढाल्यो, खोलाले जीवन बगायो : बल्खु र विष्णुमतीको सुकुमबासी पीडा

इरान युद्धमा मतभेद: ट्रम्पद्वारा जर्मनीबाट अमेरिकी सेना कटौतीको घोषणा

राष्ट्रपति कार्यालय पुग्यो अर्को अध्यादेश

घरमा डोजरले हानेपछि ‘हेर्न सकिनँ’ भन्दै हिँडेका ६१ वर्षीय इन्द्रबहादुर बल्खु खोलामा मृत भेटिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com