ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सीटीईभीटीमा कर्मचारी आन्दोलन


एबीसी न्यूज
भाद्र ३०, २०७६ सोमबार   ८ : ३०   बजे

काठमाडौं, ३० भदौ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् राष्ट्रिय कर्मचारी सङ्गठनका कर्मचारीले विभिन्न ११ बुँदे माग राखेर आन्दोलनमा उत्रिएका छन् ।

सङ्गठनको संस्थागत हकहित र कर्मचारीहरुको वृत्ति विकासका सवालमा व्यवस्थापनसँग मौखिक र लिखित माग राख्दै आजदेखि कर्मचारीले सीटीईभीटीमा धर्ना दिएका छन् ।

राष्ट्रिय कर्मचारी सङ्गठनका केन्द्रीय अध्यक्ष तेजबहादुर खत्रीले व्यवस्थापनलाई पटकपटक ध्यानाकर्षण गराउँदा पनि मागहरुको सम्बोधन नभएकाले आन्दोलन गर्नुपरेको बताउनुभयो । उहाँले परिषद् र व्यवस्थापनलाई बारम्बार ध्यानाकर्षण गर्दै अल्टिमेटम दिएर विभिन्न चरणमा गरिएको छलफलमा हाम्रो जायज मागलाई पूरा नगरेकाले बाध्य भएर आन्दोनमा उत्रिएको बताउनुभयो ।

चाँडै नै हाम्रो माग पूरा नभए सीटीईभीटीअन्तर्गतका ४७ वटा र केन्द्रका ६०० कर्मचारीका साथ थप आन्दोलनलाई प्रभावकारी बनाउने उहाँले बताउनुभयो ।

सङ्गठनका महासचिव नारायण सुवेदीले व्यवस्थानलाई बारम्बार ध्यानाकर्षण गराउँदा पनि हाम्रो जायज मागहरु पूरा गर्न आलटाल गरेकाले अझ आन्दोलनलाई सशक्त बनाएर अघि बढ्ने बताउनुभयो ।

हाम्रो मागको सम्बोधन गर्न ढिलाइ भएमा चरणबद्ध रुपमा आन्दोलनलाई प्रभावकारी बनाउने सङ्गठनका उपाध्यक्ष सोस्थानी हमालको भनाइ छ ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्का सदस्य सचिव पुष्परमण वाग्लेले सबै मागहरु जायज भएको बताउँदै केही मागहरु पूरा भइसकेको र केही मागहरु पूरा हुन बाँकी भएको बताउनुभयो । उहाँले पूरा हुन बाँकी मागहरु व्यवस्थापन समितिको छलफलपश्चात मात्र सम्बोधन हुने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई किन संसद् मन पर्दैन ?

यसपालिको प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै वर्षा मापन

सम्बन्धित

सक्रिय राजनीतिबाट अलग भएको महराको घोषणा

पासपोर्ट छपाइ भ्रष्टाचारमा आरजु राणालाई अख्तियारले गर्‍यो म्याद तामेल

भिजिट भिसामा ओमान जान लागेका २७ जना महिला प्रहरी नियन्त्रणमा

एमालेको प्रश्न–प्रधानमन्त्रीले स्थायी रूपले अर्थमन्त्रीलाई सबै जिम्मेवारी हस्तान्तरण गरेको हो ?

सुधन गुरुङलाई हर्क साम्पाङको प्रश्न :अनलाइनमा मुख छाड्नेलाई सरकारले के कारबाही गर्छ ?

पूर्व र मध्य भेगमा वर्षा, बागमतीदेखि सुदूरपश्चिमसम्मको तराई भेगमा गर्मी बढ्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group