ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री ओलीले उद्घाटन गरेको कम्पनीले नेपालका प्रमुख बजारमा स्याउ पुर्याउन सफल !


एबीसी न्यूज

काठमाडौं, ३० भदौ । स्याउ जोनको मान्यता पाएको हिमाली जिल्ला मनाङमा धमाधम स्याउ टिप्ने समय आएको छ । नेपालकै ठूलो स्याउ फार्मका रूपमा परिचित मनाङ एग्रोमा यतिबेला स्याउ टिप्ने काम भइरहेको छ । सेप्टेम्बर महीनाको शुरुदेखि स्याउ टिप्न थाल्ने भए पनि अहिले अलि ढिलो भएको हो । स्याउको रङ र स्वाद परीक्षण गरेर मात्र स्याउ टिप्न थालिने मनाङ एग्रोका अध्यक्ष समराज गुरुङले बताउनुभयो । उहाँका अनुसार कम्पनीले स्याउको चाना, केक, जुसलगायत धेरै परिकार बनाउँदै आएको छ । अब कम्पनीले स्याउको वाइन बनाउने तयारी गरिरहेको पनि उहाँले बताउनुभयो ।

मनाङ एग्रोले ७३५ रोपनी क्षेत्रफल ओगटे पनि ४५० रोपनीमा स्याउ उत्पादन गर्दै आएको छ । कम्पनीले गत वर्ष ३५० टन स्याउ उत्पादन गरेको थियो । अहिले ४५० टन उत्पादन हुने अध्यक्ष गुरुङले बताउनुभयो । उहाँका अनुसार अब मनाङको स्याउ नेपालमा मात्र नभई विदेशमा पनि आपूर्ति हुनेछ । यहाँ सर्र्वियाबाट तीन जातका स्याउका बिरुवा ल्याई व्यावसायिकरूपमा स्याउखेती गर्दै आएको कम्पनीले वर्षेनी करोडौँ आम्दानी गर्न थालेको छ । समुद्री सतहदेखि दुई हजार ९०० मिटर उचाइमा रहेको फार्ममा गाला, फुजी र गोल्डेन गरी तीन जातका स्याउ रहेका छन् ।

मनाङ ङिस्याङ गाउँपालिका–१ भ्रताङमा रहेको स्याउ फार्ममा अहिले ५० स्थानीय कामदार रहेका छन् । दैनिकरूपमा यी कामदारले स्याउको हेरचाह, कटिङ र स्याउ टिप्ने जस्ता काम गर्दै आएको कामदार पञ्च गुरुङले बताउनुभयो । कम्पनीले स्याउको उत्पादनसँगै स्याउको परिकार निर्माण पनि गर्दै आएको छ । यहाँ स्याउ भण्डारण र प्याकिङ सबै मेसिनबाट गरिँदै आएको छ । गत वर्ष प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको कम्पनीले हाल नेपालका प्रमुख बजारमा आफ्नो उत्पादन पु¥याउन सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com