ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गणतन्त्रबिरोधी अराजक समुहको प्रतिवाद गर्न युवा–बिद्यार्थीलाई अध्यक्ष प्रचण्डको निर्देशन


एबीसी न्यूज

काठमाडौं, भदौ ३० । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्रबिरुद्ध सुनियोजित रुपमा अफवाह फैलाउने अराजक समुहको प्रतिवाद गर्न पार्टीका युवा तथा बिद्यार्थलाई निर्देशन दिनुभएको छ ।

नेकपाका नेता पोष्टबहादुर बोगटीको स्मृति दिवसकोअवसरमा पार्टी कार्यालय धुम्बाराहीमा आज आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले सो निर्देशन दिनुभएको हो ।

‘संघीय लोकतान्त्रिक गणतन्त्र कलिलै छ, कलिलोमै यसलाई मार्न सकिन्छ कि भनेर प्रतिक्रियावादीहरु लागिरहेका छन । आजभोलि त्यो प्रयाश भइरहेको छ । परिवर्तनको रक्षा र सुदृढ गर्दै समाजवादतर्फ अघि बढने अठोट गर्नुपर्छ, संकल्प गर्नुपर्छ, अध्यक्ष प्रचण्डले भन्नुभयो, केही अराजक तत्वहरु यो ब्यवस्थाकै बिरुद्ध लागिपरेका छन, जनतालाई भ्रममा पार्दै हत्केलाले सूर्य छेक्न खोज्ने त्यस्ता अराजक तत्वहरुलाई प्रतिवाद गर्न म युवा बिद्यार्थीलाई बिशेष निर्देशित गर्न चाहन्छु,’ अध्यक्ष प्रचण्डले भन्नुभयो ।

उहाँले पोष्टबहादुर बोगटीको निष्ठा र काम फत्ते गर्ने शैलीलाई सवै नेता कार्यकर्ताले अनुशरण गर्नुपर्ने बताउनु भयो । युद्धकालमा जति पनि अप्ठ्यारो काम उहाँकै नेतृत्वमा फत्ते गरेको अध्यक्ष प्रचण्डले जानकारी दिनुभयो । ‘सवैले प्रेरणा लिनुपर्नै बहुआयामिक ब्यक्तित्वको धनी हुनुहुन्थ्यो बोगटी,’ अध्यक्ष दाहालले भन्नुभयो, ‘श्रमजीवि बर्गको एउटा भरपर्दो नेता हुनुहुन्थ्यो बोगटी ।’ कार्यक्रममा नेकपाका बरिष्ठ नेता झलनाथ खनालले स्वर्गीय बोगटीबाट धेरै कुरासिक्न जरुरी रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com