ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालमै पहिलोपटक नेपालगंजमा ल्याण्डफिल साइड संचलानमा ( भिडियोसहित)


एबीसी न्यूज
भाद्र ३०, २०७६ सोमबार  ९ : २८ बजे

बाँके, ३० भदौ । नेपालगञ्ज उपमहानगरपालिकामा नेपालमै पहिलो पटक एकीकृत फोहोरमैला व्यवस्थापन तथा प्रशोधन केन्द्र (ल्याण्डफिल साइट) सञ्चालनमा आएको छ । सघीय सरकार सहरी विकास मन्त्रालयको १५ प्रतिशत, एशियाली विकास बैंकको ५५ प्रतिशत ऋण, नगरविकास कोषको १५ प्रतिशत ऋण र नेपालगन्ज उपमहानगरपालिकाको ५ प्रतिशत लागतमा ल्याण्डफिल्ड साइट निर्माण भएको हो ।
बाँकेको नेपालगञ्ज उपमहानगरपालिका २३ हिरमिनियामा आधुनिक ल्याण्डफिल साइटको निर्माण भएको छ । नेपालमा नै पहिलोपटक निर्माण भएको यस्तो खालको ल्याण्डफिल साइट सञ्चालनमा आएसँगै नगरको फोहोरमैला व्यवस्थापन गर्न सहज हुने अपेक्षा गरिएको छ । विगतमा फोहोरमैला व्यवस्थापन गर्ने ठाउँ नहुँदा नेपालगञ्ज उपमहानगरपालिकाले सास्ती पाउँदै आएको थियो । तर, अब यो ल्याण्डफिल्ड साइटले १५ देखि २० वर्ष धान्ने नगर प्रमुख डा. धवलशमशेर राणाले बताए ।

नेपालगञ्ज निवासी संघीय सरकारका शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले नेपालमा डेढ दर्जन ठाउँमा निर्माण गर्ने लक्ष्य लिएको बताए । ल्याण्डफिल्ड साइट सबैभन्दा पहिले नेपालगन्जले कार्यान्वयनमा ल्याएर नमुना काम गरेको पनि मन्त्री राइले बताए । डिजाइनमा ३२ बर्षसम्मको फोहोरमैला व्यवस्थापनको लागि निर्माण गरिए पनि पछि उपमहानगरपालिका बनाउँदा क्षेत्र थपिएकोले ल्याण्डफिल्ड साइटले २० वर्षसम्म धान्ने अनुमान गरिएको उनले बताए ।

थियो । सबैजसो ठाउँमा विवाद भएर अहिले बन्न सकेको छैन । नेपालगञ्जमा २०७३ जेठ ३१ मा सम्झौता भएर असार २० गतेदेखि काम थालिएको थियो । ल्याण्डफिल्ड साइट १३ विगाह पाँच कठ्ठामा फैलिएको छ । शहरी विकास तथा भवन डिभिजन विभागका महानिर्देशक मनिराम गेलालले नगरको फोहोर बैज्ञानिक तरिकाले व्यवस्थापन गर्नको लागि आधुनिक ल्याण्डफिल साइट निर्माण गरिएको बताए । यहाँ निर्माण गरिएको ल्याण्डफिल साइटमा गल्ने र नगल्ने दुई प्रकारका फोहोरलाई व्यवस्थापन गर्न सकिने उनले जानकारी दिए ।

देशमै पहिलो पटक बनेको आधुनिक ल्याण्डफिट साइटले नेपालगञ्जको फोहोर व्यवस्थापनको समस्या समाधान गर्नेमा नगरबासीहरु आशाबादी रहेका छन् । फोहोर व्यवस्थापनको लागि ल्याण्डफिट साइट निर्माण हुनुभन्दा पनी त्यसको सही सदुपयोग कतिसम्म हुन्छ त्यो थाहा पाउन केही महिना त कुर्नेपर्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालाजुको बुद्धज्योती विद्यालयमा पनि चल्यो डोजर

दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

सम्बन्धित

विद्यालय बन्ददेखि आन्तरिक मूल्यांकनसम्म: शिक्षा क्षेत्रमा अन्योल र बहस तीव्र (भिडियोसहित)

‘बालेनदेखि बफर स्टेटसम्म: नयाँ जनमत र ‘बाचा’ को राजनीतिमा नेपाल’ (भिडियो)

बालेन–निर्वाचित अधिनायकतर्फ, रविको साथ कहाँसम्म ? : प्रा.डा. कृष्ण हाछेथु(भिडियोसहित)

प्रधानमन्त्री शाहको सामूहिक कूटनीतिक भेट, सन्तुलित नीतिको सन्देश कि कूटनीतिक अपरिपक्वता ? (भिडियोसहित)

अमेरिकी सैनिक आधारहरूको वैश्विक जालो र यसको प्रभाव

नयाँ खामेनी र इरानको उत्तराधिकार राजनीति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com