ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालमै पहिलोपटक नेपालगंजमा ल्याण्डफिल साइड संचलानमा ( भिडियोसहित)


एबीसी न्यूज

बाँके, ३० भदौ । नेपालगञ्ज उपमहानगरपालिकामा नेपालमै पहिलो पटक एकीकृत फोहोरमैला व्यवस्थापन तथा प्रशोधन केन्द्र (ल्याण्डफिल साइट) सञ्चालनमा आएको छ । सघीय सरकार सहरी विकास मन्त्रालयको १५ प्रतिशत, एशियाली विकास बैंकको ५५ प्रतिशत ऋण, नगरविकास कोषको १५ प्रतिशत ऋण र नेपालगन्ज उपमहानगरपालिकाको ५ प्रतिशत लागतमा ल्याण्डफिल्ड साइट निर्माण भएको हो ।
बाँकेको नेपालगञ्ज उपमहानगरपालिका २३ हिरमिनियामा आधुनिक ल्याण्डफिल साइटको निर्माण भएको छ । नेपालमा नै पहिलोपटक निर्माण भएको यस्तो खालको ल्याण्डफिल साइट सञ्चालनमा आएसँगै नगरको फोहोरमैला व्यवस्थापन गर्न सहज हुने अपेक्षा गरिएको छ । विगतमा फोहोरमैला व्यवस्थापन गर्ने ठाउँ नहुँदा नेपालगञ्ज उपमहानगरपालिकाले सास्ती पाउँदै आएको थियो । तर, अब यो ल्याण्डफिल्ड साइटले १५ देखि २० वर्ष धान्ने नगर प्रमुख डा. धवलशमशेर राणाले बताए ।

नेपालगञ्ज निवासी संघीय सरकारका शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले नेपालमा डेढ दर्जन ठाउँमा निर्माण गर्ने लक्ष्य लिएको बताए । ल्याण्डफिल्ड साइट सबैभन्दा पहिले नेपालगन्जले कार्यान्वयनमा ल्याएर नमुना काम गरेको पनि मन्त्री राइले बताए । डिजाइनमा ३२ बर्षसम्मको फोहोरमैला व्यवस्थापनको लागि निर्माण गरिए पनि पछि उपमहानगरपालिका बनाउँदा क्षेत्र थपिएकोले ल्याण्डफिल्ड साइटले २० वर्षसम्म धान्ने अनुमान गरिएको उनले बताए ।

थियो । सबैजसो ठाउँमा विवाद भएर अहिले बन्न सकेको छैन । नेपालगञ्जमा २०७३ जेठ ३१ मा सम्झौता भएर असार २० गतेदेखि काम थालिएको थियो । ल्याण्डफिल्ड साइट १३ विगाह पाँच कठ्ठामा फैलिएको छ । शहरी विकास तथा भवन डिभिजन विभागका महानिर्देशक मनिराम गेलालले नगरको फोहोर बैज्ञानिक तरिकाले व्यवस्थापन गर्नको लागि आधुनिक ल्याण्डफिल साइट निर्माण गरिएको बताए । यहाँ निर्माण गरिएको ल्याण्डफिल साइटमा गल्ने र नगल्ने दुई प्रकारका फोहोरलाई व्यवस्थापन गर्न सकिने उनले जानकारी दिए ।

देशमै पहिलो पटक बनेको आधुनिक ल्याण्डफिट साइटले नेपालगञ्जको फोहोर व्यवस्थापनको समस्या समाधान गर्नेमा नगरबासीहरु आशाबादी रहेका छन् । फोहोर व्यवस्थापनको लागि ल्याण्डफिट साइट निर्माण हुनुभन्दा पनी त्यसको सही सदुपयोग कतिसम्म हुन्छ त्यो थाहा पाउन केही महिना त कुर्नेपर्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

‘राजनीतिक कुलत’बारेको सैद्धान्तिक दृष्टिकोण

पार्टी चलाउन युवा पुस्ताको ढंग भएन, पुरानाका उछलकुद रहस्यमय छ : डा रिजाल(भिडियो वार्ता)

मूलधारका पार्टीहरु विरासतका पार्टी बन्न पुगेः डा.मिनेन्द्र रिजाल, नेता नेपाली काँग्रेस

जेन–जी पुस्ताको आक्रोश निरन्तर चल्ने आँधी हो

जेनजी पुस्ता के चाहन्छ ? दुनियाभरको अनुभवले के भन्छ ?

के हो चिनिया सुरक्षा अवधारणा, किन समर्थन गरे ओलीले ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com