काठमाडौं, ३० भदौ । एबिसीकर्मी अनन्त अनुराग सम्मानित हुनुभएको छ । प्रभुनारायण चौधरी स्मृति प्रतिष्ठानले कार्यक्रम प्रस्तोता पत्रकार अनुराग सहित पत्रकारिता र सांगीतिक क्षेत्रमा योगदान पुर्याउने ४ जनालाई आइतबार ‘राष्ट्रिय सम्मानपत्र’ द्वारा सम्मान गरेको हो । पत्रकार अनुसार विगत लामो समय देखि एविसी टेलिभिजनमा समसमायिक बिषयमा बहस कार्यक्रम सन्चालन गर्दै आउनु भएको छ ।
उहाँ एविसी टेलिभिजनको दैनिक कार्यक्रम एविसी वाच र स्टे«ट टकका प्रस्तोता हुन । प्रतिष्ठानले चर्चित समाचार बाचिका प्रतिमा चौधरी, कलाकार लोक पौडेल र दीपक तिवारीलाई पनि सम्मान गरेको छ । स्मृतिसभामा प्रतिष्ठानले गरेको गतिविधि समेटिएको स्मारिका लोकार्पण गरिएको छ । स्वर्गीय प्रभुनारायण चौधरी नेपालको चर्चित कम्युनिष्ट नेता हुनुहन्थ्यो । उहाँले नेपालका कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल सँग कम्युनिष्ट आन्दोलनमा समेत सहभागि भएका थिए । २०६२/६३जनआन्दोलन २ को समयमा उहाँ सक्रिय भएर समेत सडक आन्दोलनमा सहभागि भएका थिए ।
प्रतिक्रिया दिनुहोस्