काठमाडौं, २९ भदौ । हिन्दुधमालम्वीहरुको महान चार्डको दशै, तिहार नजिकदैगर्दा बजारमा मंहगी बढेको छ । आम मानिसको दैनिक जोडिएका उपभोग्य बस्तु दाल, चामल, लत्ता कपडा देखि तरकारीको मुख्य ह्वात्तै बढेको छ । सरकारले प्रभाकारीरुपमा नियमन गर्न नसक्दा कालोबजारी गर्नेहरुले चाडपर्व मौका छोपेर मुल्य बढाउने गरेका छन् ।
बजारमा दशैतिहारको किनमेल सुरु भएको छ । दशैलाई लक्षित गरेर सरकारले बिभिन्न स्थानमा सस्तो बजारमा भनेर दैनिक उपभोग्य समान उपलब्ध गराएपनि खुद्रा पसलमा उपभोग्य दैनिक उपभोग्यबस्तुको मुल्य आफु खुसी बढाइरहेको छन । चार्डवाड नजिकदै गरेको समयमा दुधको मुल्य बढेसंगै अन्य खाद्य बस्तुको समेत व्यपारीहरुले मुल्य बढाइरहेका छन । बजारमा आम उपभोक्ताको भान्सामा पाक्ने खानेकुरा देखि साग सब्जी र लगाउने लत्ता कपडा मुल्य दिन दिनै बढिरहेको छ ।
नेपालीको चार्डपर्वमा मिठो मसिनो खाने र राम्रो लगाउने परम्परा रहेकै कारण समेत व्यपारीले मौकाको रुपमा चाडपर्वलाई लिने गरेका छन । जसको कारण लगाउने देखि खानेकुरामा कृतिम रुपमा मुल्य बृद्धि गराइरहेका छन । यसरी बजारमा कृतिम अभाव सृजन गर्ने र आम उपभोक्तालाई ठग्ने बिचौलियाको कारण मुल्य बृद्धिको कारण जनताको ढाड सेकिएको छ ।
बिगतका वर्षमा समेत चाडपर्व आउदै गर्दा बजारमा कृतिम मंहगी बढ्ने गरेको थियो । त्यसलाई नियन्त्रण गर्न नसक्दा अहिलेपनि कालेबजारी गर्ने ब्यापारीले आफुखुसी मुल्य बृद्धि गरीरहेका छन । बजारमा समान अभाव भएको बाहना बनाउदै उपभोक्ताले चर्काे मुल्यमा उपभोग्य बस्तु किन्न बाध्य गराउने गरेका छन । चाडपर्व आउदै लाग्दा बजारमा एकाएक मंहगी बढ्न सुरु हुदा उपभोक्ता मारमा पर्न थालेका छन ।
यसरी राजधानीसम्म चार्डपर्वलाई लक्षित गरी काला बजारीहरुले कृतिम मुल्य निर्धारण गर्दा समेत सरकारी तरवरमा हुने अनुगमन अनुगमनै सिमित हुने गरेको छ । सरकारले आफना उपभोत्तालाई ठग्नेलाई कानुनी कारवाहीको दायरामा ल्याउन नसक्दा मंहगीले जनता ढाड सेक्ने काम गरेको छ । यसबारे सरकारी सयन्त्र चनाखो बन्न आवश्यक छ ।
प्रतिक्रिया दिनुहोस्