काठमाडौं, २९ भदौ । बाग्मति सरसफाई अभियान शुरु भएको ३ सय ३१ हप्ता पुगिसकेको छ । यो अभियानमा सरकारी तथा निजी सबै संघसंस्था सहभागी भएका छन् । तर पनि सोचेजस्तो बाग्मती सफा हुन सकिरहेको छैन ।
२०७० सालबाट बाग्मति सरसफाई अभियान शुरु भएको हो । सरसफाई अभियानमा सरकारी, निजी सबै संघसंस्था सहभागी हुने गर्दछन् । तर पनि बाग्मती सफा बन्न सकिरहेको छैन । सरसफाइ अभियन्ताहरु आफुहरुले जति नै सरसफाइलाई निरन्तरता दिएपनि निजि संस्थाका कारण सरसफाई अभियानमा बाधा भइरहेको गुनासोे गर्छन् ।
निजी संघ संस्थाहरुले कुनै पनि मतलब नगरी बाग्मतीको किनारमा ल्याएर थुपार्ने फोहोर सफा गर्न सधै आफुहरुलाई सकस भइरहेको गुनासो अभियन्ताहरुको छ । संघ संस्थालाई सरकारी निकायवाट लाइसेन्स दिइएता पनि फोहोरको व्यवस्थापन कसरी भएको छ त्यसको निगरानि भएको छैन । निजी संस्थाले फोहोर व्यवस्थापनको निहु“मा फोहोर संकलन गर्ने र फोहोर छुटाउने प्रविधिले उपत्यकाको अधिकांश सडक दुर्गन्धित भएको छ । यसलाई सम्वन्धित निकायले निगरानि गर्न आवश्यक रहेको अभियन्ता बताउ“छन् ।
निजि संघ संस्थाले फोहोर फाल्ने आधिकारिक लाइसेन्स प्राप्त गरेको बताउदै जथाभावी शैलीमा फोहोर थुपारिरहेका छन् । जसले गर्दा दुर्गन्धका कारण त्यहाका स्थानियवासीसंगै यात्रुलाई समेत बाटो हिड्न सास्ती भएको छ । यसो त आउदै गरेको नेपाल भ्रमण बर्ष २०२० मा २० लाख पर्यटन ल्याउने लक्ष्य सरकारको रहेको छ । सरकारको फोहोरप्रति सचेतना नजाग्ने हो भने भ्रमण वर्ष २०२० पनि प्रभावित हुने एकजना अभियन्ता बताउ“छिन् ।
दैनिक आवतजावत गर्ने सर्वसाधारणले दुर्गन्धका कारण हिड्न कठिन भएको छ । आफैले चुनेर पठाएको जननिर्वाचितहरुको वेवास्ताका कारण दिन प्रतिदिन फोहोर मैला बढिरहेको छ । निर्वाचनको वेलामा भनेजस्तै जनताको हितको काम गर्ने वेला आएको सर्वसाधारणहरु वताउछन् ।
एउटा सभ्य नागरिक बन्नको लागि सबैले आफ्नो जिम्मेवारी पुरा गर्नु आवश्यक छ । सक्छौं सरसफाई गरौं, सक्दैनौं फोहोर नगरौं भन्ने अभियान चलाउनुपर्ने अहिलेको खाचो छ ।
प्रतिक्रिया दिनुहोस्