बझाङ , २९ भदौ जिल्लाको बित्थडचिर गाउँपालिकाको गाडीमा शनिवार देउलेख बजारमा पार्किङ गरेर राखेको गाडी अज्ञात समुहले आगजनि गरेको छ । शनिवार राती अज्ञात समुहले आगजनि जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । आगजनिबाट गाँउपालीकाको से १ झ २७४ नम्बरको गाडीको अगाडीको भाग इनजीन पूर्ण रुपमा जलेर नष्ट भएको स्थानिय वासिन्दाहरुले जानकारी दिएका छन ।
स्याडी प्रहरी चौकीबाट खटीएको टोलीले घट्नामा सँङ्लग्न नेत्रबिक्रम चन्द्र विप्लव नेकपाका कार्यकर्ता अम्मर महरलाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय बझाङका सुचनाअधिकारी इस्वरीदत्त पान्डेले जानकारी दिए ।
गाडीमा आगो कसले र किन आगो लगायो भन्ने बिषयमा अनुसन्धान भईरहेको र घटनामा सँङ्लग्नहरुको खोजकार्य जारी राखेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्