ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाँके घटनाका दोषीलाई कारवाही गर्न काङ्ग्रेसको माग


एबीसी न्यूज

काठमाडौं, २७ भदौ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले बाँकेमा बिहीबार पार्टीको कार्यक्रममा भएको साङ्घातिक हमलाका दोषीलाई तत्काल कारवाही गर्न सरकारसँग माग गरेको छ । काङ्ग्रेसले आज पत्रकार सम्मेलन गरी सो घटनालाई गम्भीर रुपमा लिएको र घटनाको विरोधमा विभिन्न कार्यक्रम गर्ने जनाएको छ ।

बाँकेको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं– ३ को प्रदेशसभा ‘ख’को खजुरा गाउँपालिकाको सीतापुरस्थित नेपाल रेडक्रसको हलमा काङ्ग्रेसको कार्यक्रम भइरहँदा नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकर्ताले साङ्घातिक हमला गरेको काङ्ग्रेसले आरोप लगाएको छ । आक्रमणबाट काङ्ग्रेस बाँके सभापति किरण कोइरालाको हात भाँचिनुका साथै केही कार्यकर्ता घाइते भएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताउनुभयो । ठूलो घटना हुँदा पनि सुरक्षा निकाय परिचालित नहुनु र स्थानीय प्रशासनसमेत संवेदनशील नहुनुलाई काङ्ग्रेसले सुनियोजित एवम अत्यन्त गम्भीर घटनाको रुपमा लिएको उहाँले बताउनुभयो ।

राजनीतिक दलले साङ्गठनिक कार्यक्रम गर्न पाउने संवैधानिक अधिकारमाथि आक्रमण गरिएको काङ्ग्रेसको आरोप छ । बढ्दो महङ्गी, भ्रष्टाचार, महिला हिंसा, बलात्कार, हत्याका विरुद्ध काङ्ग्रेसले गरेको कार्यक्रममा उर्लदो जनलहर र जनसहभागिता देखेर सत्ता पक्षका कार्यकर्ता अत्तालिएको प्रवक्ता शर्माले आरोप लगाउनुभयो । काठमाडौँ, ललितपुर र भक्तपुरका काङ्ग्रेस जिल्ला सभापतिको अगुवाइमा शनिबार गृहमन्त्रीमार्फत सरकारलाई ज्ञापनपत्र बुझाइने प्रवक्ता शर्माले जानकारी दिनुभयो ।

पत्रकार सम्मेलनमा काङ्ग्रेस ललितपुरका सभापति मदन आमात्यले जिल्ला सभापति सुरक्षित हँुदैनन् भने सर्वसाधारण कसरी सुरक्षित होलान भनी सरकारसँग प्रश्न गर्नुभयो । उहाँले जिल्ला सभापति कोइरालामाथि आक्रमण हुँदा सरकारी संयन्त्र मौन रहनु प्रजातन्त्रका लागि खतरा भएको भन्दै चिन्ता व्यक्त गर्नुभयो । काङ्ग्रेस काठमाडौँका सभापति कृष्ण बानियाँ सबुजले घटनाको ७७ जिल्लाकै पार्टी समितिले विरोध गरेको बताउनुभयो । उहाँले दोषीलाई तत्काल कारवाही गर्न सरकारसँग माग गर्नुभयो । उक्त घट्नाको देशव्यापी रुपमा साङ्केतिक विरोधस्वरुप शनिबार माइतीघर मण्डलामा बिरोध प्रदर्शन गरिने बानियाँले बताउनुभयो ।

यस्तै काङ्ग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले सो घटना लोकतन्त्रमाथिको आक्रमण भएको बताउनुभयो । बाँके घटनाका बारेमा बुझ्न काङ्ग्रेस सभापति शेरबहादुर देउवा शनिबार नेपालगन्ज जाने शर्माले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com