रोल्पा, २७ भदौ । थवाङ गाउँपालिकाको छेर्लाबाङमा पहिरोले घर पुरिँदा दुई जनाको ज्यान गएको छ । बिहीबार राति पहिरोले घर पुरेपछि खीलकुमारी बुढा र उहाँका छोरा असलको ज्यान गएको प्रहरीले जनाएको छ ।
त्यस्तै पहिरोमा पुरिएर घरमा रहेका अन्य चार जना भने सम्पर्कविहीन भएका छन् । पुरिएर बेपत्ता हुनेमा ३६ वर्षीय जय बुढा, उहाँकी पत्नी ४० वर्षीया मूलज्योति बुढा, १० वर्षकी छोरी गृष्मा र डेढ वर्षकी छोरी रहेका छन् । घरमा रहेका चौपाया पनि पुरिएका छन् ।
पहिरो बिहीबार राति नै खसे पनि नजिकै अरु घर नभएकाले बिहान मात्रै घटनाबारे थाहा पाएको प्रहरीले जनाएको छ । घरमाथिबाट खनिएको सडक भासिएर आएको पहिरोले दुई तले ढुंगे घर पुरिएको हो ।
अहिले हराइरहेका चार जनाको खोजी भैरहेको छ । बुधबार रातिदेखि नै पानी परिरहेकाले त्यहाँका अरु घर पनि पहिरोको जोखिममा परेको स्थानीयले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्