काठमाडौँ, २६ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का धादिङका जिल्ला सदस्य जितेन्द्र चेपाङ नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
बिहीबार नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा नेपाल चेपाङ संघका केन्द्रीय अध्यक्षसमेत रहेका चेपाङले नेकपा परित्याग गरेको ३ नम्बर प्रदेशका नेपाली कांग्रेसका प्रदेश सांसद सन्तबहादुर प्रजाले बताए । प्रजालाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, कोषाध्यक्ष सितादेवी यादब, ३ नम्बर प्रदेशका नेपाली कांग्रेसका संसदीय दलका नेता तथा मकवानपुर पार्टी सभापति ईन्द्रबहादुर बानियाँ, धादिङका कांग्रेस सभापति रमेश धमलालगायतले स्वागत गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्