ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ २९, २०८३ शुक्रबार
बजेटको नाममा भएको नीतिगत खेलोफड्को र डोजर राजनीति के हो? पूर्वमन्त्री तथा विश्लेषक केशव बडाल
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पर्वलाई पर्यटनसँग जोडौँ– प्रधानमन्त्री ओली


एबीसी न्यूज
भाद्र २६, २०७६ बिहीबार   ७ : ५८   बजे

काठमाडौँ, २७ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सांस्कृतिक पर्वलाई पर्यटनसँग जोड्नुपर्ने बताउनुभएको छ । इन्द्रजात्राको अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले नेपाल यति बेला आर्थिक, सामाजिक रुपान्तरण गर्दै समृद्ध नेपाल निर्माण गर्ने अभियानमा रहेको बताउनुभएको छ ।

“समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न हाम्रा सांस्कृतिक महत्वका पर्वहरुलाई पर्यटन प्रवद्र्धनसँग जोड्नु आवश्यक छ”, प्रधानमन्त्री ओलीले सन्देशमा भन्नुभएको छ, “प्राचीन महत्वका मौलिक विशेषता भएका यस्ता पर्वहरु बाह्य पर्यटकलाई आकर्षण गर्ने कडी बन्न सक्छन् । त्यस पक्षलाई पनि आत्मसात् गर्दै अघि बढ्न म सबैमा आग्रह गर्दछु ।” उहाँले नेपाल बहुभाषा, बहुधर्म र बहुसंस्कृतिको देश भएको उल्लेख गर्नुभएको छ ।

“एक अर्काको समुदायका संस्कृतिलाई हामीले साझा सामाजिक–सांस्कृतिक निधी मान्दै आएका छौँ । यही सांस्कृतिक विशेषताका कारण हामी सम्पूर्ण नेपाली एकताको सूत्रमा बाँधिएका छौँ”, उहाँले सन्देशमा भन्नुभएको छ, “हाम्रो सांस्कृतिक विविधतालाई विभेदका रुपमा अथ्याई नेपालीबीचको एकता धुमिल्याउने प्रयास भए, तर हामीले त्यस्ता दुष्प्रयासलाई परास्त गरिसकेका छौँ ।”

“इन्द्रजात्राका बारेमा वाल्मिकी रामायण, महाभारत, हरिवङ्शपुराण, कालिकापुराण, विष्णु धर्मोत्तर पुराण, बृहत् संहिता, भविष्य पुराण र संस्कृत भाषाका महाकवि कालिदासको रघुवंशमा पनि उल्लेख हुनुले यसको पौराणिकता पुष्टि हुन्छ”, उहाँले सन्देशमा भन्नुभएको छ, “पौराणिक कालदेखि निरन्तर कायम रहँदै आएका यस्ता सांस्कृतिक पर्वको जगेर्ना हुनुुलाई हामीले नेपालको सांस्कृतिक सवलताका रुपमा लिनुपर्छ ।”

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

फिफा विश्वकप २०२६ : कुन टोलीबीच कहाँ र कहिले हुँदैछन् खेल?

अरु दल छाडेर आएकाहरूले रास्वपाको जिल्ला नेतृत्व कसरी कब्जा गरे ?(सूची)

सम्बन्धित

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

समसामयिक राजनीतिक विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

सर्वोच्चको फैसला– ‘चेक बाउन्स गरे रकम मात्र होइन, ब्याज पनि तिर्नुपर्छ’

सुकुमवासी व्यवस्थापनबारे प्रधानमन्त्री– ३५ वर्षमा नभएको काम ३५ मिनेटमै नखोजौं

छानबिन समितिले लियो सुधन गुरुङको बयान, आज पनि जारी

मधेश सरकार विस्तारमा ढिलाइ, शपथ नै नलिई फर्किए एमालेका प्रस्तावित मन्त्री

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group