जापान, २६ भदौ । जापानका नव नियुक्ति वातावरण मन्त्री शिन्जिरो कोइजुमीले जापानका आणविक उर्जा केन्द्रहरु खारेज गर्ने धारणा राख्नुभएको छ ।
जापानका प्रधानमन्त्री शिन्जो आबेले बुधबार गर्नुभएको मन्त्रिपरिषद हेरफेरपछि उहाँ वातावरण मन्त्रीमा नियुक्ति हुनुभएको थियो । ३८ वर्षीय शिन्जिरो पूर्व प्रधानमन्त्री जुनिचिरो कोइजुमीका छोरा हुनुहन्छ ।
शिन्जिरो दोस्रो विश्वयुद्धको अन्त्य भएदेखि जापानको मन्त्रिपरिषदमा नियुक्त भएका तेस्रो कान्छो मन्त्री हुनुहुन्छ । बुधवार राती गरेको एक सम्बोधनको क्रममा उहाँंले जापानका आणविक उर्जा उत्पादन केन्द्रहरु खारेज गर्नेतर्फ आफ्नो धारणा राख्नुभएको हो ।आणविक उर्जाको बारेमा सरकारले गरेको योजनाको बारेमा पत्रकारहरुले सोधेका प्रश्नको जवाफमा उहाँले आणविक उर्जा केन्द्रको खारेजीको प्रसंग उल्लेख गर्नुभएको हो ।
देशमा सन् २०११ मा आणविक दुर्घटना भइसकेको र अब हुन नदिने पनि उहाँले बताउनुभयो । यदि यी केन्द्रहरुलाई राखियो भने हामी ध्वस्त हुनेछौँ, उहाँले भन्नुभयो ।
प्रतिक्रिया दिनुहोस्