सिरहा, २६ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासले सिरहा जिल्ला अदालतका चालक विजुमोहन यादवलाई रकमसहित रंगेहात पक्राउ गरेको छ ।
मुद्धा जिताईदिने भन्दै उनले सेवाग्रहीसँग रकम माग गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासले जनाएको छ । सेवाग्राहीसँग १ लाख १० हजार घुँस लिदै गरेको अवस्थामा चालक यादवलाई अख्तियार टोलीले सिरहास्थित खड्का होटलबाट आज दिउँसो एक बजे पक्राउ गरेको हो ।
प्रतिक्रिया दिनुहोस्