काठमाडौं, २५ भदौ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ।
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्माओली सिंगापुरमा उपचार गराएर फर्केपछि पहिलो पटक सचिवालयको बैठक बसेको हो।
पार्टी एकताका बाँकी काम अगाडि बढाउन र समसामयीक विषयमा छलफल गर्नका लागि बैठक बसेको बालुवाटार स्रोतले जानकारी दिएको छ ।
‘पार्टी एकताका बाँकी काम टुंग्याउने विषयमा नै बैठक केन्द्रित हुने र ‘पार्टीले देशभर सञ्चालन गर्ने भनेको अभियानका विषयमा पनि छलफल हुने स्रोतले बतायो।
प्रतिक्रिया दिनुहोस्