ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल चीनबीच औपचारिक रुपमा दौत्य सम्बन्ध ६० वर्षमा प्रवेश (भिडियोसहित)


एबीसी न्यूज

काठमाडौं, २५ भदौ । सन् १९५५ मा नेपाल चीनबीच औपचारिक रुपमा दौत्य सम्बन्ध स्थापित भएपश्चात्को ६ दशकको अवधिमा चीनका उच्च पदाधिकारीहरुबाट विरलै मात्रामा नेपाल भ्रमण गरेका छन् । दौत्य सम्बन्ध स्थापना भएको ६० वर्षभन्दा बढीको अवधिमा चीनका दुई राष्ट्रपति, पाँच प्रधानमन्त्री र पाँच जना उपप्रधानमन्त्रीले नेपाल भ्रमण गरेका छन् । नेपालबाट भने राजा, राष्ट्रपति र प्रधानमन्त्री सहित २ दर्जनभन्दा बढीको चीन भ्रमण भईसकेको छ ।

गत आइतबार नेपाल आएका चिनियाँ विदेशमन्त्री नेपाल भ्रमण सकेर मंगलबार स्वदेश फर्किएका छन् । विदेशमन्त्री वाङको प्रतिनिधिमण्डलमा चीनको विदेश मन्त्रालयका उपविदेशमन्त्री लु झाओहुइ, चाइना अन्तराष्ट्रिय डेभलपमेन्ट कोअपरेशन एजेन्सीका उपाध्यक्ष देङ बोकिङ तथा नेपालका लागि चिनिया राजदूत मिसेस होउ याङछी लगायत नेपाल आएका थिए । भ्रमणका लागि आइतबार सांझ नेपाल आएका चीनका विदेशमन्त्री वाङ सोमबार दिनभर व्यस्त रहे । वाङ यीको नेपाल भ्रमणमा यस अघिका नेपाल चीनबीच भएका सम्झौतामा छलफल भएको छ । नेपाल चीनबीच दुइदेशका हितका विषयमा छलफल केन्द्रीत रह्यो । मंगलबार पनि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको टोली र चिनियाँ विदेशमन्त्री वाङबीच भेटघाट भएको छ । मंगलबार नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र चिनिया विदेशमन्त्री वाङबीच झण्डै ४० मिनेट भेटवार्ता भयो । दुई देशबीच रहिआएको सदिऔँ पुरानो सम्बन्ध आजको सन्दर्भमा सुदृढ गर्ने सन्दर्भमा कुराकानी भएको अध्यक्ष प्रचण्डले जानकारी दिए ।

नेपाल र चीनबीचको उच्चस्तरीय भेटमा तातोपानी र केरुङ नाकामा अध्यागमनमा सहजता, रसुवाको टिमुरेमा बनाइने सुख्खा बन्दरगाह लगायत भौतिक संरचना, सीमापार रेलमार्ग निर्माण लगायतका विषयमा छलफल भएको छ । आइतबार चीनसँग सीमाना जोडिएको मनाङ जिल्लामा अस्पताल बनाउन चीनले ३५ करोडभन्दा बढी रकम सहयोग गर्ने भएको छ । भ्रमणका क्रममा बीआरआई परियोजनाको साथै दुई देशबीच भएका सम्झौता र कार्यान्वयनको अवस्था, आर्थिक साझेदारी, रेलमार्गलगायतका विषयमा छलफल भयो । बिआरआईमा नेपालको तर्फबाट जति प्रगति हुनुपर्ने त्यति हुन नसकेकोमा चीनिया“ पक्षले चासो देखाएका थिए । चिनिया चासोलाई नेपाली पक्षले गम्भीरतापूर्वक लिन सकेमा नेपालले लाभ लिन सक्छ । चिनियाँ विदेशमन्त्री वाङले चिनियाँ राष्ट्रपति सी जिनपिङले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पठाएको सन्देश पनि प्रधानमन्त्रीनिवास बालुवाटारमा पढेर सुनाएका थिए । जवाफमा प्रधानमन्त्री ओलीलले पनि सदासयताका लागि धन्यवाद व्यक्त गरेका थिए ।

काठमाडौं–केरुङ रेलमार्गको सम्भाव्यता अध्ययनका नेपाल र चीन बीचको सहयोग र साथका विषयमा छलफल गरिएको छ । वार्तामा नेपाल र चीनबीच आपसी हित विगतमा गरिएका प्रतिवद्धतालाई सम्झौता र समझदारी पत्रमा हस्ताक्षर गरिएको छ । वाङको औपचारिक भ्रमणले दुई देशबीचको सम्बन्धलाई नयँ“ा उचाइमा पु¥याउने अपेक्षा गरिएको छ । संगसंगै यो भ्रमणका क्रममा नेपाल चीनबीच कति बुंदामा सहमति भयो भन्दा पनि यो भ्रमण चिनिया राष्ट्रपति सि जिङपिङको नेपाल भ्रमणका लागि थियो भनेर बुझ्न आवश्यक छ । राष्ट्रपति सी असोजको अन्तिम साता नेपाल आउनेछन् ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

प्रधानमन्त्रीलाई थाहा नदिई किन जारी गरियो कथित गोप्य सूचनाको सूची, सम्पूर्ण नालीबेली(भिडियो)

अनलाइन पासपोर्टको लाइनकै दुख, परराष्ट्रलाई छैन चासो (भिडियोसहित)

बागमती प्रदेशमा कस्को सरकार बन्ला ? (भिडियोसहित)

२०६४ पछिका निर्वाचनमा माओवादीको संसदीययात्रा ओरालो तर्फ ? (भिडियोसहित)

प्रधानमन्त्री पदकै कारणले गठबन्धन कुनै हालतमा टुट्दैन : प्रचण्ड(भिडियो)

यस्तो छ सत्ता गठबन्धनमा एकीकृत समाजवादीको निरन्तर असन्तुष्टी (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com