ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डेङ्गु रोगले देशभर आतङ्क सिर्जना गरेको हुँदा राष्ट्रिय सङ्कट घोषणा गर्न माग


एबीसी न्यूज
भाद्र २५, २०७६ बुधबार  ४ : ५६ बजे

काठमाडौँ, २५ भदौ  । राष्ट्रियसभाको बैठकमा नेपाली काङ्ग्रेसका राधेश्याम अधिकारीले लामखट्टेको टोकाइबाट लाग्ने डेङ्गु रोगले देशभर आतङ्क सिर्जना गरेको हुँदा राष्ट्रिय सङ्कट घोषणा गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा बोल्दै सांसद अधिकारीले यस्का विषयमा स्वास्थ्यमन्त्रीले संसद्मा जवाफ दिनुपर्ने माग गर्दै समयमै पहिचान गर्दा यो रोगबाट मर्नु पर्दैन भन्ने जनचेतना फैलाउन सरकारलाई सचेत गराउनुभयो ।

सांसद अधिकारीले डेङ्गु फैलने क्रमलाई राष्ट्रिय सङ्कटका रुपमा लिनुपर्ने धारणा व्यक्त गर्दै भन्नुभयो, “५६ जिल्लामा फैलिएको छ, यो रोग राष्ट्रिय महामारी हो कि होइन रु यसलाई स्वास्थ्यको सङ्कटकाल घोषणा गर्नुपर्छ कि पर्दैन, कति मान्छे मरेपछि यसले महामारीको रुप लिन्छ ।”

डेङ्गु रोगको नियन्त्रणका लागि सरकारले गरिरहेको कामका सम्बन्धमा स्वास्थ्यमन्त्रीको जवाफ अति जरुरी भएको उल्लेख गर्दै सांसद अधिकारीले भन्नुभयो, “सरकार कहाँ छ के गर्दैछ रु यसको महामारी रोक्न सरकारले के गर्दैछ रु स्वास्थ्य मन्त्रालय, सेना र प्रहरीको भूमिका के हो रु” उहाँले डेङ्गु रोग परीक्षणको नाममा निजी अस्पतालहरुले चर्को शुल्क असुलिरहेको हुँदा परीक्षण शुल्क तोक्न सरकारसँग माग गर्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का कोमल वलीले तीन तहका सरकारले आपसमा सहकार्य गरी डेङ्गु रोगको नियन्त्रणमा तत्परता देखाउन ध्यानाकर्षण गराउँदै स्थिति भयावह भएको उल्लेख भयो । उहाँले जनचेतना फैलाउन र भविष्यमा हुन नदिन पनि सरकारले आवश्यक कदम चाल्नुपर्ने भन्दै ध्यानाकर्षण गराउनुभयो ।

सांसद जीतेन्द्रनारायण देवले भर्खरै भएको चिनियाँ विदेशमन्त्रीको नेपाल भ्रमणका क्रममा नेपाल सरकार अत्यन्त अपरिपक्वरुपमा प्रस्तुत भएको आरोप लगाउँदै आगामी दिनमा स्पष्ट रुपमा प्रस्तुत हुन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद रामप्रीत पासवानले तराई मधेशका सुकुम्वासीको उचित व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले तराई मधेशमा सुकुम्वासीका नाममा पटक पटक जग्गा वितरण गरिएको भए पनि अहिलेसम्म वास्तविक सुकुम्वासी लाभान्वित हुन नसकेको बताउनुभयो । तराई मधेशमा सुकम्वासीका नाममा गैरमधेशीलाई भूमि वितरण गरिएको आरोप लगाउँदै उहाँले भन्नुभयो, “तराईका सुकम्वासीको समस्या ज्यूँ का त्यूँ छ ।”

सांसद वीना पोखरेलले दशैँमा शान्तिसुरक्षालगायतका विषयलाई व्यवस्थित गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले टिकटमा हुने अनियमितता रोक्न, उचित टिकट दर कायम गर्न, सहुलियत पसलको व्यवस्था गर्न, उपभोग्य वस्तुको मूल्यसूची राख्ने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद महेशकुमार महराले माओवादी द्वन्द्व र जनआन्दोलनका क्रममा मृत्यु भएकालाई शहीद घोषणा, घाइतेलाई उपचार र अपाङ्गता भएकालाई उचित व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अध्यादेशको धक्का: ११० संस्थाका १५९४ पदाधिकारी एकैपटक पदमुक्त !

बालाजुको बुद्धज्योती विद्यालयमा पनि चल्यो डोजर

सम्बन्धित

स्वयम्भु क्षेत्रमा पनि चल्यो डोजर

बल्खु, बंशीघाट र शंखमुलमा डोजर चल्दा १४१४ नागरिक विस्थापित

डोजरले छानो ढाल्यो, खोलाले जीवन बगायो : बल्खु र विष्णुमतीको सुकुमबासी पीडा

इरान युद्धमा मतभेद: ट्रम्पद्वारा जर्मनीबाट अमेरिकी सेना कटौतीको घोषणा

राष्ट्रपति कार्यालय पुग्यो अर्को अध्यादेश

घरमा डोजरले हानेपछि ‘हेर्न सकिनँ’ भन्दै हिँडेका ६१ वर्षीय इन्द्रबहादुर बल्खु खोलामा मृत भेटिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com