सिरहा, २५ भदौ । सिरहाको दुई स्थानबाट प्रहरीले कटुवा पेस्तोल र लागुऔषध ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ।
विष्णपुर गाउँपालिका वडा नम्बर ( ४ थलहाकट्हाका ३० वर्षीय कृष्ण यादवले घरायसी विवादका कारण आमालाई कुटपिट र घरमा समान बाहिर फालिदिएको खबर प्रहरी पायो। प्रहरी चौकी बेल्हाबाट घटनास्थलमा प्रहरी टोली पुगे । यादव कटुवा पेस्तोल छाडेर भागे उनलाई सोही गाउँपालिका वडा नम्बर (५ स्थित लक्ष्मीपुरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी तथा डीएसपी अपिलराज बोहराले जानकारी दिए ।
त्यसैगरी गोलबजार नगरपालिका वडा नम्बर ( ६ बाट २१ वर्षीय राहुल भन्ने जीवछ साह र १९ वर्षीय राजन विश्वकर्मालाई लागुऔषध ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेका छन् । साहले घरको कोठाभित्र तरकारी बेच्ने क्यारेटमा बिक्री वितरणका लागि लुकाएर राखेको अवस्थामा प्रहरीले ब्राउन सुगर फेला पारेको बोहराले बताए। उनका अनुसार प्लाष्टिकको पोकामा तयार गरिएको ४ सय ५० ग्राम ब्राउन सुगर, मोबाइल र २३ सय रुपैयाँ नगदसहित दुवै जनालाई पक्राउ गरी थप अनुसन्धान हुँदैछ ।
प्रतिक्रिया दिनुहोस्