ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ २९, २०८३ शुक्रबार
प्रधानमन्त्रीको संसदमा स्पष्टीकरण अनिवार्य #abctvnepal -एमालेको बटमलाइन #balen#abcwatch #bignews
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पतालमा


एबीसी न्यूज
भाद्र २५, २०७६ बुधबार   ११ : ४३   बजे

काठमाडौं, २५ भदौ ।  प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुग्नुभएको छ ।

प्रधानमन्त्री ओली साधारण फलोअपका लागि त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथेरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा पुग्नुभएको उहाँको सचिवालयले जनाएको छ ।

सिंगापुरबाट लामो उपचारपछि फर्किनुभएका प्रधानमन्त्री  ओली बुधबार बिहान पौन नौ बजेको समयमा महाराजञ्जस्थित त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा पुग्नुभएको थियो ।

प्रधानमन्त्री ओलीको मुटुमा राखिएको क्याथेटर निकालिएको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अरुण सायमीले जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीलाई अरु थप उपचार गर्नु नपरेको डा सायमीले बताउनुभयो । क्याथेटर निकाल्न करिब १०–१५ मिनेट लागेको र त्यसपछि प्रधानमन्त्री ओली अस्पतालबाट फर्किएको ै डा. सायमीले बताउनुभयो ।

१० वर्षअघि मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओली हालै सिंगापुरमा थप उपचार गराएर फर्किनुभएको थियो । मिर्गौलामा एन्टीबडीको मात्रा बढेपछि प्लाज्मा फेरेसिस विधिबाट उनको उपचार गरिएको थियो । त्यही बेला प्रधानमन्त्रीको मुटुमा क्याथेटर राखिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेन मुलुकलाई प्रतिगमनतिर धकेल्दै, नेकपा कसरी प्रतिरोध गर्ने योजनामा छ ? : देव गुरुङ (भिडियो)

अदालतको फैसलाअनुसार भाडा तिर्छौं–दमनकारी नीति अख्तियार गरे ७ सय उद्योगी गिरफ्तारी दिन तयार छौँः अध्यक्ष आलम

सम्बन्धित

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

समसामयिक राजनीतिक विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

सर्वोच्चको फैसला– ‘चेक बाउन्स गरे रकम मात्र होइन, ब्याज पनि तिर्नुपर्छ’

सुकुमवासी व्यवस्थापनबारे प्रधानमन्त्री– ३५ वर्षमा नभएको काम ३५ मिनेटमै नखोजौं

छानबिन समितिले लियो सुधन गुरुङको बयान, आज पनि जारी

मधेश सरकार विस्तारमा ढिलाइ, शपथ नै नलिई फर्किए एमालेका प्रस्तावित मन्त्री

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group