ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भरतपुरमा रेणु दाहाल बिरुद्द किन खनिए सर्वसाधारण ?


एबीसी न्यूज
भाद्र २४, २०७६ मंगलबार  ८ : ०५ बजे

काठमाडौं, २४ भदौ । भरतपुर महानगरपालिकाको फोहर नारायणी किनारमा फाल्न स्थानीयवासीले रोक लगाएका छन् । महानगरपालिकाले जनताको माग सम्बोधन नगरेको भन्दै वडा नं–३ का स्थानीयवासीले फोहर फाल्न रोक लगाएका हुन् ।

स्थानीयवासीले ल्याण्डफिल्ड साइटपीडित सङ्घर्ष समितिसमेत बनाएका छन् । महानगरले भरतपुर महानगरपालिका–३ स्थित नगरवन क्षेत्रबाट नारायणी किनारमा फोहर फाल्दै आएको छ । नारायणीमा फोहर फाल्दा प्रदूषण बढेको भन्दै चौतर्फी विरोध हुँदै आएको छ । तर महानगरले ल्याण्डफिल्ड साइट निर्माण नहुञ्जेलसम्मका लागि भन्दै सो क्षेत्रमा फोहर फाल्ने गरेको हो ।

आज बिहान ५ बजेबाट नै जम्मा भएर फोहर फाल्न रोक लगाइएको ल्याण्डफिल्ड साइटपीडित सङ्घर्ष समितिका संयोजक उत्तम श्रेष्ठले जानकारी दिनुभयो । विगत १० वर्षदेखि भरतपुर महानगरले अव्यवस्थित र अवैज्ञानिक ढङ्गले नागरिकको स्वास्थ्यमा असर पर्ने गरी फोहर फालेको तर स्थानीयवासीको सेवा सुविधामा बेवास्ता गरको उहाँले बताउनुभयो ।

आफ्ना मागका सम्बन्धमा महानगर प्रमुख रेनु दाहाललाई ध्यानाकर्षण गराएको भए पनि बेवास्ता गरेको श्रेष्ठको भनाइ छ । माग सम्बोधन नभएसम्म कुनै पनि हालतमा फोहर फाल्न नदिने उहाँले बताउनुभयो । “यो महानगरपालिकाभरिको फोहर ल्याएर फाल्ने ठाउँ होइन”, श्रेष्ठले भन्नुभयो, “स्थानीयवासीले सडक, ढल निर्माण, खानेपानीको उचित व्यवस्था, सुरक्षालगायतका विषय महानगरपालिका समक्ष मागका रूपमा पेश गरेका छन् ।” माग लिएर महानगर जाँदा प्रमुख दाहालले हेप्ने काम गरेको श्रेष्ठले गुनासो गर्नुभयो ।

सङ्र्घष समितिका सल्लाहकार सूर्य बरालले जनताका माग सम्बोधन भए केही वर्षसम्म फोहर फाल्न दिने सोचमा रहेका स्थानीयवासीलाई महानगरको व्यवहारले आक्रोशित बनाएको बताउनुभयो । अव्यवस्थित फोहर थुपारिएकै कारणले भरतपुरमा रोगको प्रकोप फैलने गरेको उहाँले बताउनुभयो ।

सो क्षेत्रमा हिउँदमा फालिएको फोहर बर्खामा बढेर आउने नारायणी नदीले बगाउँछ । यो क्रम बर्सेनि निरन्तर चल्दै आएको छ । महानगरपालिकाको फोहरसँगै अस्पतालजन्य फोहर पनि नदी किनारामा फाल्ने गरिएको छ । फोहर र दूषित ढल मिसिँदा नारायणी नदी प्रदूषित बन्दै गएको छ । स्थानीयवासीका अनुसार अस्पतालजन्य फोहरका रुपमा गर्भपतन गरिएका र अन्य कारणले मरेका बच्चादेखि सालनाल, काटिएका मानव अङ्ग, धारिला ब्लेड, प्याडलगायतका सामग्रीसमेत नदी किनारमा फाल्ने गरिएको छ ।

नारायणगढको मुख्य चोक पुल्चोकबाट दुई किलोमिटर दक्षिणमा रहेको यो क्षेत्रमा महानगरले विगत १० वर्षदेखि फोहर फाल्दै आएको छ । यहाँ करीब १५० घरधुरी छन् । भरतपुर महानगरपालिका–३ का वडा अध्यक्ष चन्द्रमित्र पण्डितले स्थानीयवासीले उठाएको विषयबारे आफूलाई केही जानकारी नभएको बताउनुभयो । उहाँले भन्न्ुभयो, “स्थानीयवासीका केही माग भए पनि त्यसलाई क्रमिकरूपमा समाधान गर्दै जानुपर्छ ।” उहाँले हतारमा फोहर फाल्न अवरोध गर्न नहुने विचार राख्नुभयो । उहाँले महानगरपालिकाको अन्यत्र फोहर फाल्ने विकल्प नभएकाले पनि नारायणी दोभानमा फोहर फाल्नु परेको बताउनुभयो ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्र सुवेदीले विगतमा पनि महानगरपालिकाले सो क्षेत्रको पूर्वाधार निर्माणमा काम गरिहेको र आउँदा दिनमा पनि गर्ने बताउनुभयो । महानगरपालिकाले फोहर व्यवस्थापनको दिगो समाधानका लागि एक कोरियाली संस्थासँग सम्झौतासमेत गरेको छ । सरकारले भरतपुर महानगरपालिका–११ को आँपटारीमा ल्याण्डफिल्ड साइट बनाउने भन्दै जग्गा दिने निर्णय विसं २०६८ मा नै गरेको हो । भरतपुरमा ल्याण्डफिल साइट बनाउन महानगरले करीब १५ बिघा जमीन पाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अध्यादेशमार्फत सत्ता केन्द्रिकरणको जोखिम बढ्दै

ट्रेड युनियन खारेजी: प्रधानमन्त्रीको ‘सिस्टम सुधार्ने’ अठोट र कर्मचारीको ‘कानुनी लडाइँ’

सम्बन्धित

ट्रेड युनियन खारेजी: प्रधानमन्त्रीको ‘सिस्टम सुधार्ने’ अठोट र कर्मचारीको ‘कानुनी लडाइँ’

स्मार्ट टेलिकमका प्रबन्ध निर्देशक जोशी पक्राउ

शेखर गोल्छा सीआईबी नियन्त्रणमै, बीमा सम्बन्धी कसुरमा अनुसन्धान जारी

रोशी खोलाको भेलमा फसेका ८९ जना यात्रुको सकुशल उद्धार

भूमि आयोगमाथि ‘अध्यादेश’ को प्रहार: अदालतलाई छल्ने कि सुकुमवासीलाई अल्झाउने?

रोशी खोलाको बहाव बढेपछि ५ गाडी र यात्रुको उद्धार, १५० सवारी साधन बीचमै रोकिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com