काठमाडौं, २४ भदौ । प्रधानमन्त्री ओलीले आफू भारतीय समकक्षी नरेन्द्र मोदीसँग हातमा हात मिलाएर काम गर्न तयार रहेको बताउनुभएको छ । उहांले विगतका सफल भ्रमणको स्मरण गर्दै नेपाल भ्रमण गर्न मोदीलाई निम्तोसमेत दिनुभयो।
भूकम्पपछिको पुनर्निर्माणमा गोरखा र नुवाकोटमा गरी भारतीय सहयोगमा ५० हजार घर निर्माण भएको थियो भने केही वर्षयता भारतीय सहयोगमा सञ्चालित आयोजना निकै राम्रो रहेको उहांले बताउनुभयो ।
‘नेपाल र भारतबीचको समझदारी यति गाढा छ कि यसमा कुनै पनि क्षेत्र छुटेका छैनन्’ उहांले भन्नुभयो । पछिल्लो समय नेपाल र भारत दुबैमा बलियो र स्थिर सरकार रहेको भन्दै प्रधानमन्त्री ओलीले दुबै देश उदाउँदो अर्थतन्त्र र सक्षम युवा जनशक्ति साझा विशेषता भएको पनि बताउनुभयो।
प्रतिक्रिया दिनुहोस्