ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रकृतिको काखमा म छिट्टै आउने प्रयास गर्ने छु – भारतीय प्रधानमन्त्री मोदी


एबीसी न्यूज


काठमाडौं, २४ भदौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफू छिट्टै नेपालको भ्रमणमा आउने बताउनुभएको छ । अमलेखगञ्ज–मोतिहारी पेट्रोलियम पाइपलाइनको भिडियो कन्फरेन्सिङमार्फत मंगलबार संयुक्त रुपमा उद्घाटन गर्दै उहाँले नेपाल भ्रमणमा आउन आफू पनि आतुर रहेकाले समय मिलाएर छिट्टै नेपाल भ्रमणमा आउने बताउनुभयो ।

उहाँले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भ्रमणका लागि गरेको निमन्त्रणालाई महत्वपूर्ण लिएको र नेपाल भ्रमणमा आउने आफ्नो पनि इच्छा रहेको बताउनुभयो ।

साथै प्रधानमन्त्री मोदीले मन्तव्य टुंग्याउँदै नेपाली भाषामा नै धेरै धेरै धन्यवाद भन्न पनि भ्याउनुभयो । उहाँले भन्नुभयो, ‘नेपाल भ्रमणमा आउने मेरो पनि धेरै इच्छा छ, प्रकृतिको काखमा म छिट्टै आउने प्रयास गर्ने छु । तपाईँहरु सबैलाई धेरै धेरै धन्यवाद ।’

प्रधानमन्त्री मोदीले भन्नुभयो, ‘तपाईँले मलाई फेरि एक पटक नेपाल भ्रमणमा आउन निमन्त्रणा दिनुभएको छ । मैले यो कुरालाई निकै महत्वपूर्ण लिएको छु । नेपाल भ्रमणमा आउने मेरो पनि धेरै इच्छा छ ।’

यस्तै उहाँले नेपालको प्राथमिकताका अनुसार नेपालको विकासमा सहयोगका लागि भारत सधैँ प्रतिबद्ध रहेको पनि बताउनुभयो । उहाँले नेपाल–भारत पेट्रोलियम पाइपलाइन दक्षिण एसियाकै पहिलो क्रस बोर्डर पाइपलाइन भएको बताउँदै यसले क्षेत्रीय ऊर्जा सुरक्षामा सहयोग पुर्याउने बताउनुभयो ।

साथै उहाँले प्रधानमन्त्री केपी ओलीले भिडियो लिङ्कमार्फत आफूसँग जोडिन समय निकालेकोमा खुसी पनि व्यक्त गर्नुभयो । उहाँले प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको कामना गर्दै उहाँको सक्रियता निरन्तर नेपाल भारतबीचको सम्बन्धलाई जोड्न अघि बढोस भन्ने शुभकामना पनि दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com