ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रचण्ड–वाङ यी भेटवार्ता र भावना (फोटो फिचर सहित)


ABC NEWS
भाद्र २४, २०७६ मंगलबार  १२ : २४ बजे

 

काठमाडौं २४ भदौ । नेपालको तीन दिने भ्रमणमा आएका चिनिया स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यी र नेकपा अध्यक्ष पुष्पकमलदाहाल प्रचण्डबीच भदौ २४ गते (सेप्टेम्बर १०) विहान भेट वार्ता भएको छ ।

काठमाडौंको होटल सोल्टीमा भएको वार्तामा प्रचण्ड र वाङ यी बीच दुई देशीय भावना र विश्वासालाई बुझ्ने काम भएको थियो । यीले प्रचण्डलाई चिनिया पक्षको चाहना, तत्काल सहयोग गर्ने क्षेत्र लगायतका विषयमा विश्वास दिलाएका थिए ।


दुई पक्षीय विभिन्न कुराकानीका अलवा वाङले प्रचण्ड र प्रधानमन्त्री ओलीको दृष्टिकोण समान पाएकोमा खुशी व्यक्त गरेका थिए । प्रचण्डको बुझाईमा चीन पार्टी एकता र सरकार गठन भएदेखि यताको अवस्थामा बल्ल पूर्णत विश्वस्त भएर नेपाल र नेकपालाई विश्वास गर्न सकिने तहमा पुगेको छ ।

प्रचण्ड र चीन बीचको सम्वन्ध र त्यसमाथि व्यक्तिगत रुपमा पनि वाङसँगको चिनजान र अनौपचारिक ढंगले कुराकानी गर्न सक्ने तहको सम्वन्ध धेरै लामो रहेको पृष्ठभूमिमा वाङ यी प्रचण्डसँग अझ बढी खुलेको चिनिया दूतावास स्रोतले जानकारी दिएको छ ।
यस अघि सोमाबार वाङले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टाछुट्दै शिष्टाचार भेटवार्ता गरेका थिए । त्यसभन्दा पहिले दिउँसो वाङ यीको प्रतिनिधि मण्डली र नेपाली समकक्षी प्रतिनिधिमण्डलस्तरमा समेत वार्ता भएको थियो । वार्ता लगतै फरक फरक तीन वटा आयोजना र सहयोगसम्वन्धी हस्तक्षर समेत भएको थियो ।


आज विहान प्रचण्डसँग भेटवार्ता गर्नु पहिले वाङ यी ले पर्यटककै शैलीमा भक्तपुर दरबार स्क्वाएरको भ्रमण गरेका थिए । त्यसो त सोमबार चिनिया स्टेट काउन्सिलर वाङले चन्द्रगिरिमा पुगेर १ घण्टा हाइकिङ गरेका थिए ।

वाङको यो भ्रमणले नेपाल आकर्षक पर्यटकीय गन्तव्य हो भन्ने सन्देश चिनिया जनतामा पु¥याएर नेपालको समृद्धिमा अप्रत्यक्ष योगदान गरेको छ ।

चिनिया स्टेट काउन्सिलर र नेपाली प्रतिनिधिमण्डलबीच वैठक। काठमाडौं

 

 

चिनिया राजदूत होउ यान्छी र नेपाली प्रतिनिधिबीच हस्ताक्षर .

प्रतिक्रिया दिनुहोस्

भर्खरै

देउवासँग संवाद जारी छ, कांग्रेस एक ढिक्का छ गगनथापा

अर्थ मन्त्रालयको प्रगति प्रतिवेदन; पुँजीगत खर्चमा गिरावट, राजस्व घाटा डेढ खर्ब

सम्बन्धित

विश्रान्तिकालमा पनि पदीय मोह राखेर ७० वर्ष नाघिसकेका वृद्धवृद्धा चुनावी मैदानमा

महिला विश्वकप ग्लोबल छनोटमा नेपाल फेरि पराजित, सुपर सिक्स सम्भावना न्यून

रुसी सुरक्षा निकायद्वारा उफामा आतंकवादी हमलाको प्रयास विफल

काठमान्डौ ५ बाट कल्पना शर्माको उम्मेदवारी दर्ता

प्रतिनिधि सभाको चुनावमा संलग्न हुने दलहरूलाई उम्मेदवार चयनमा समयको चाप

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com