ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ २९, २०८३ शुक्रबार
बजेटको नाममा भएको नीतिगत खेलोफड्को र डोजर राजनीति के हो? पूर्वमन्त्री तथा विश्लेषक केशव बडाल
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘राष्ट्रियहितलाई सर्वोपरी राखी अघि बढ्नुपर्छ’– भीम रावल


एबीसी न्यूज
भाद्र २३, २०७६ सोमबार   ८ : ४३   बजे

काठमाडौं, २३ भदौ । नेपाल कम्युनिष्ट पार्टी नेकपा का स्थायी कमिटी सदस्य भीम रावलले राष्ट्रियहितलाई सर्वोपरी राखी हरेक नागरिक अघि बढ्नुपर्ने बताउनुभएको छ । प्रेस सङ्गठनले सदरमुकाम मङ्गलसैनमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले सरकारले यो बेला अझै राष्ट्रियहित मजबूत हुने गरी काम गर्नुपर्ने बताउनुभयो ।

नेता रावलले विगतमा नेपाली काङ्ग्रेसले राष्ट्रियतामा आघातपर्ने थुप्रै काम गरेको आरोप लगाउँदै अब त्यस्ता काम निस्तेज गर्दै अघि बढ्नुपर्ने र यसमा आफूले आवाज उठाइरहेको जिकिर गर्नुभयो । पूर्व उपप्रधानमन्त्रीसमेत रहनुभएका नेता रावलले पार्टी एकताको कामले छिटो पूर्णता पाउनुपर्ने र यसबाट पार्टी तथा सरकारका कामलाई सही ढङ्गले जनतासमक्ष लैजान सहयोग पुग्ने बताउनुभयो ।

पार्टी एकता जति ढिलो भयो त्यतिनै कार्यकर्तामा निराशा, पार्टीलाई नोक्सान र सरकारका राम्रा काम जनसमक्ष प्रस्तुत हुन नसक्ने उहाँले धारणा राख्नुभयो । स्थानीय तहदेखि सुशासन तथा पारदर्शीतालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै नेता रावलले भ्रष्टाचार र अनियमिततालाई जरैदेखि उखेल्नुपर्ने बताउनुभयो ।

विगतदेखि नै आफूले अपरकर्णाली, पश्चिम सेती विद्युत् आयोजना निर्धारित समयमा सम्पन्न हुनुपर्ने माग राख्दै आएको नेता रावलले बताउनुभयो । उहाँले अपरकर्णाली जलविद्युत् आयोजना दुई/दुई पटक म्याद थप्दा पनि प्रवद्र्धक कम्पनी जीएमआरले वित्तीय व्यवस्थापन गर्न नसकेकाले पटक–पटक राज्यले एउटा कम्पनीसँग परियोजना विकास सम्झौता विपरीत म्याद थप्न नहुनेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

देशका धेरै स्थानमा आज पानी पर्ने, काठमाडौंमा बिहानैदेखि वर्षा

फिफा विश्वकप २०२६ : कुन टोलीबीच कहाँ र कहिले हुँदैछन् खेल?

सम्बन्धित

प्रश्न गर्ने सांसदलाई अर्थमन्त्री वाग्लेको चेतावनीः तपाईंका काण्ड पनि खुल्नेछन्

संविधान संशोधनबारे सुझाव लिन तीन पूर्वप्रधानमन्त्रीसँग कार्यदलको छलफल

नक्कली भुटानी शरणार्थी प्रकरण : केपी ओलीसहितलाई बयानमा बोलाउनु पर्ने माग गर्दै निवेदन दर्ता

अर्थमन्त्रीले संसदीय समितिमा झुट बोल्नुभयो : ज्ञानेन्द्र शाही

काठमाडौंका यी क्षेत्रमा ३ दिन साढे ३ घण्टा विद्युत आपूर्ति बन्द हुने

आज सातै प्रदेशमा वर्षाको सम्भावना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group