ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एकता र समर्पण नै विकासको आधार हो– रक्षामन्त्री पोखरेल


एबीसी न्यूज
भाद्र २३, २०७६ सोमबार  ४ : ५९ बजे

काठमाडौं, २३ भदौ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले एकता र समर्पण नै विकासको आधार रहेको बताउनु भएको छ ।

सूर्यविनायक नगरपालिका–४ स्थित पुरातात्विक, धार्मिक तथा ऐतिहासिक महत्वको अनन्तलिङ्गेश्वर महादेव मन्दिर तथा झोलुङ्गे पुल उद्घाटनका क्रममा सोमबार उहाँले नेपाल अनुपम, सभ्यता र संस्कृतिको देश भएकाले यसको पहिचान जोगाउनुपर्नेमा जोड दिनुभएको हो ।विकासको नाममा सभ्यता र संस्कृतिको विनाश हुँदै गएकामा चिन्ता व्यक्त गर्दै उहाँले जनप्रतिनिधि र सरकारी निकायलाई परापूर्वकालदेखिको हाम्रो धरोहरको विनाश हुने गरी काम नगर्न पनि आग्रह गर्नुभयो ।

पुर्खाहरुले बनाएको कुनै पनि चीज कम्युनिष्टहरुले विनाश नगर्ने जानकारी दिँदै उहाँले भन्नुभयो, “कम्युनिष्टहरु धर्म मान्दैनन् भन्ने कहीँकतै सुन्ने गरिएको छ तर कम्युनिष्टको धर्म भनेको नै जनता हुन् । धर्म जनताको हित गर्ने प्रकारको हुनुपर्छ । जनताको हित नै कम्युनिष्टको धर्म हो । जनता नै देशको सबैभन्दा ठूलो शक्ति हो । त्यसैले जनताको भावना र चाहना अनुसारको काम हुनुपर्छ ।”

उपप्रधानमन्त्री पोखरेलले सांसद महेश बस्नेतको नेतृत्वमा भइरहेको विकास अभियानले भक्तपुरको विकासले एक–दुई वर्षभित्रमा कायापलट गर्ने लक्षण देखापरेको उल्लेख गर्नुभयो ।

सांसद बस्नेतले भक्तपुर सम्पदाहरुको महत्वपूर्ण स्थल भएको चर्चा गर्दै यहाँबाट उपत्यकाका तीनवटै शहरका साथै २२ वटा हिमशृङ्खला देख्न सकिने भएकाले यस क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गरिने धारणा व्यक्त गर्नुभयो । पूर्वसंस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्द पोखरेलले सरकारको विकासको कदमलाई सबै पक्षबाट सहयोग हुनुपर्ने बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालयका प्रमुख नारायणप्रसाद भट्ट, जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलाल, पुरातत्व विभागका पूर्वमहानिर्देशक भेषनारायण दाहाल र पूर्वसांसद केदार सञ्जेल लगायतले पुरातात्विक सम्पदाको संरक्षण र संवद्र्धनमा सबैको सहयोग रहनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नक्सापासबिनै रास्वपा सांसद केपी खनालको तीनतले घर, जग्गाको पनि छैन पूर्जा

गण्डकी, बागमती र मधेश प्रदेशमा हल्कादेखि मध्यमसम्मको वर्षा

सम्बन्धित

अध्यादेशले छोएन गभर्नर र बैंकिङ पदाधिकारीहरूलाई

अध्यादेशसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइए: को को परे ?

भरुवा बन्दुकसहित वडा सदस्य पक्राउ

५४ नागरिक अगुवाले भने– सुकुमवासीलाई सेना प्रयोग गरेर क्रूर र आतंकपूर्वक हटाइयो

आज विश्व प्रेस स्वतन्त्रता दिवस, राष्ट्रपति र उपराष्ट्रपतिले दिए शुभकामना

आज विश्व प्रेस स्वतन्त्रता दिवस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com