ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आफूखुशी अधिकार प्रयोग गरेको भन्दै नगरपालिकामा तालाबन्दी


एबीसी न्यूज
१८ भदौ २०७६, बुधबार   ६ : ३०   बजे

काठमाडौँ, १८ भदौ । गुल्मीको रेसुङ्गा नगरपालिकामा नगरकार्यपालिका सदस्यले तालाबन्दी गरेका छन् । रेसुङ्गा नगरपालिकाले नगरकार्यपालिकालाई बेवास्ता गरी मनोमानी ढङ्गले बैठकको निर्णयविना आफूखुशी अधिकार प्रयोग गरेको आरोप लगाउँदै स्थानीय एक विद्यालयको विषयलाई लिएर उनीहरुले नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा आज तालाबन्दी गरेका हुन् ।

नगरपालिकाले केही दिनअघि स्थानीय महेन्द्र नमूना माध्यमिक विद्यालयमा विद्यालय व्यवस्थापन समितिले नियुक्ति दिएको प्रधानाध्यापकलाई नगरपालिकाले उक्त नियुक्ति प्रक्रिया कार्यविधिअनुसार नभएको र कार्यविधिअनुसार मिलाएर नियुक्तिका लागि पुनःप्रक्रिया अघि बढाई साविककै प्रधानाध्यापकबाट काम गराउन विद्यालयलाई पत्र काटेपछि विवाद शुरु भएको होे ।

नगरकार्यपालिकाले आज नगरपालिकामा पत्रकार सम्मेलन गरी प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीको योजनाअनुसार नगरप्रमुख डिल्लीराज भुसालले सिङ्गो कार्यपालिकालाई बेवास्ता गरी आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गएर विधि र कानूनविपरीत विद्यालयमाथि ठाडो हस्तक्षेप गरेको वडा नं १ का वडाअध्यक्ष अखिलेश्वरप्रसाद पाण्डेले आरोप लगाउनुभयो ।

रेसुङ्गा नगरपालिका प्रमुख डिल्लीराज भुसालले विद्यालय व्यवस्थापन समितिले गरेको निर्णय नियमसङ्गत र कानूनसङ्गत नभएका कारण आफूले त्यसलाई मिलाएर पुनःप्रक्रिया अघि बढाउन र त्यतिञ्जेलसम्म पुरानै प्राधानाध्यापकबाट काम गर्न परिपत्र गरेको बताउनुभयो । “हरेक स–साना कुरामा पनि कार्यपालिकाको बैठक बोलाउनुपर्छ भन्ने छैन, केही सामान्य कुरामा नगर प्रमुखको हैसियतले पनि काम गर्न सकिन्छ, मैले नियमसङ्गत नै काम गरेको छु”, नगर प्रमुख भुसालले भन्नुभयो ।

महेन्द्र नमूना माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष चुडामणि पन्थीले नगरपालिकाले विद्यालय व्यवस्थापन समितिले विधि र प्रक्रियापूर्वक गरेको काममा प्राधानाध्यापकको विषयलाई लिएर नगरपालिकाले ठाडो हस्तक्षेप गरेको भन्दै त्यो आफ्ना लागि स्वीकार्य नभएको बताउनुभयो । “प्रअ राख्ने अधिकार विद्यालय व्यवस्थापन समितिको हो, यसमा नगरपालिकाले हस्तक्षेप गर्नै पर्ने विषय पनि छैन”, पन्थीले भन्नुभयो ।

महेन्द्र नमूना माध्यमिक विद्यालयमा साविकका प्रधानाध्यापक केशरबहादुर थापाको ठाउँमा हाल विद्यालय व्यवस्थापन समितिले सोही विद्यालयका शिक्षक युवराज ज्ञवालीलाई नियुक्ति दिएको थियोे ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा भूकम्पको विनाश: ९२० को मृत्यु, जीवितै उद्धारका लागि संघर्ष जारी

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

सम्बन्धित

मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको प्रतिवेदन

महँगोमा मल खरिदको सम्झौता, कृषि सामग्री कम्पनीभित्रै उठ्यो प्रश्न

काठमाडौँमा सामूहिक ‘कुमारी पूजा’ (तस्बिरहरू)

अरनिको राजमार्ग राति बन्द गरिने

ठगी अभियोगमा एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu