ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जनकपुर अंचल आयुर्वेद औषधालयका कार्यालय प्रमुखकै मिलेमतोमा व्यापक अनियमितता (भिडियोसहित)


एबीसी न्यूज
९ भदौ २०७६, सोमबार   ११ : २७   बजे

काठमाडौं, ९ भदौ ।   जनकपुर अंचल आयुर्वेद औषधालयका कार्यालय प्रमुख डा. सिमा झाकै मिलेमतोमा व्यापक अनियमितता भएको पाइएको छ । औषधालयमा आर्थिक वर्ष २०७५/०७६ मा औषधी सहित कार्यालय प्रयोजनका लागि खरिद गरेको सामानमा समेत व्यापक चलखेल भएको हो ।

समाजिक विकास मन्त्रालयले औषधालयलाई सुविधा सम्पन्न बनाउन ससर्त अनुदान अन्तर्गत प्रदान गरेको ५० लाख, ५ लाख ९२ हजार र तीन लाख ६१ हजार गरी ५९ लाख ५३ हजार रकम मध्ये कार्यालय व्यवस्थापन, फर्निचर, मेसिनरी उपकरण लगायत शिर्षकमा समान खरिद नगरी बजेट सिध्याएको छ ।

स्पतालको फर्निचर खरिदका लागि मन्त्रालयले ५ लाख, मेसिनरी उपकरणमा ५ लाख, प्रयोगशाला व्यवस्थापनका लागि ४ लाख ५० हजार, स्थास्थ्य जीवनशैलीका लागि ३ लाख, बिरामी सुताउने बेडका लागि २ लाख, क्षारसुत्र व्यवस्थपनका लागि ३५ लाख र युएसजी मेसिनकालािग १९ लाख रकम निकासा गरिएको थियो ।

तर निकासा गरिएको कतिपय बजेट कार्यालयले कामै नगरी भ्रष्टाचार गरेको तथ्य फेला परेको हो । गत वर्षसम्म औषधालय जनकपुरधाम उपमहानगरपालिकाको अधिनमा रहँदा आएको बजेट कामै नगरी सकिउको थियो । उपमहानगरपालिका र औषधालय कार्यालय प्रमुख कार्यालय सञ्चालन एवं व्यवस्थापनका लागि २ लाख ५६ हजार रुपैयाँ केही काम नगरी भ्रष्टाचार गरेको कर्मचारी बताउ“छन् ।

उपमहानगरपालिकाले फर्निचर खरिदका लागि दुईपटक ९९ हजार ४ सय ४० र ४० हजार बजेट दिएको थियो । तर, यो रकम बराबरको कुनै पनि फर्निचर कार्यालयमा नआएको कर्मचारीहरु नै बताउँछन् । फर्निचर खरिदको नाममा उपमहानगरपालिका –८ मा रहेको जय मां लक्ष्मी फर्निचर उद्योगलाई दिए पनि हालसम्म उक्त रकमको फर्निचर कार्यालयमका आएको छैन ।

फर्निचर खरिद शीर्षकमा प्रदेश सरकारका सामाजिक विकास मन्त्रालयलेसमेत पाँच लाख रकम उपलब्ध गराएको थियो । मन्त्रालयले उपलब्ध गराएको ५ लाख रकमबाट मात्र दुई वटा सोफा खरिद गरिएको छ । यस्तै, प्राकृतिक जडिबुटि औषधि उपभोगलाई बिलको भुक्तानी स्वरुप ४९ हजार ९ सय २० रुपैयाँ भुक्तानी दिइएको छ । तर, कार्यालयले खर्च गरेको बजेट अनुसारले कार्यालयमा समाननै छैन ।

औषधालयका प्रमुख डा. सिमा झाका श्रीमान सरोज राय यादवले संचालन गरेको औषधि पसलबाट नै अस्पतालले विभिन्न मितिमा औषधिहरु खरिद गरेको छ ।

अस्पतालले औषधि खरिदका लागि निकालेको कोटेशनमा उनले आफनो श्रीमानलाई नै औषधि खरिदको लागि कोटेशन दिएकी छन् । जनकपुर ४ राहत आयुर्वेद फर्माबाट कोटेशनमा औषधि खरिद गरेको कार्यालयको तथ्यांकले देखाए पनि उक्त पसल कतै पनि भेटिदैन । तर, विभिन्न मितिमा त्यही फर्माबाट कोटेशनमा औषधि खरिद गरेको कार्यालयले उपलब्ध गराएको कागजातमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

सम्बन्धित

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

मृत व्यक्तिले अदालतमा बोले, हत्यारालाई क्षमा गरे !

बालेनले सच्याए सीमा विवादबारेको अभिव्यक्ति

एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने शक्ति अबको युगमा आउँदैन : सभापति लामिछाने

रास्वपा राष्ट्रिय महाधिवेशनको निर्वाचन कार्यतालिका पुनः प्रकाशित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group