ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पुडासैनी मृत्यु प्रकरण : ‘निष्पक्ष छानबिन गर्न दिनुपर्छ’


एबीसी न्यूज


काठमाडौं, १ भाद्र । नुवाकोटका पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन हुनुपर्ने र अनुसन्धानमा कुनै अवरोध सिर्जना गर्न नहुनेमा कानून व्यवसायी, पत्रकार, नागरिक समाजको एकमत छ ।

सम्बद्ध विभिन्न सङ्घसंस्थाले विज्ञप्ति जारी गरेरै घटनाको निष्पक्ष छानबिन गरी दोषीउपर कारवाही गर्न सरकारसँग माग गरेका छन् । घटनाको अनुसन्धान प्रभावित हुने काम कसैले गर्न नहुनेमा जोड दिइएको छ ।

पोलिएका व्यक्तिलाई यसअघि पटक–पटक अनुसन्धानको दायरामा ल्याइएको र मुद्दा चलाइएका घटना रहेकाले अनुसन्धानलाई नै प्रभावित पार्ने मनसायले कुनै पनि पक्षबाट प्रदर्शन गर्न नहुने कानून व्यवसायी बताउँछन् । अनुसन्धानका लागि नियन्त्रणमा लिइएका व्यक्ति दोषी हो या निर्दोष हो भन्ने कुरा अदालतले निर्णय गर्ने भएकाले पक्ष वा विपक्षमा प्रदर्शन गर्नुको अर्थ नहुने उनीहरुको भनाइ छ ।

घटनाको अनुसन्धानका लागि टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित तीन जना समातिएपछि भइरहेका गतिविधिबारे नेपाल बार एशोसिएसन चितवनका पूर्वअध्यक्ष गोपीलाल देवकोटाले कानूनमा आधिकारिक निकायलाई कुनै पनि घटनामा संलग्न रहेको आशङ्का गरिएका व्यक्तिलाई पक्राउ गरी अनुसन्धान गर्ने अधिकार रहेको बताउनुभयो ।

देवकोटाले भन्नुभयो, “पत्रकार पुडासैनीको आत्महत्याको ढङ्गबाट मृत्यु भएको देखिन्छ, मृत्युकालीन घोषणामा केही व्यक्तिको नाम पोलेको छ, यसलाई अदालतले निक्र्यौल गर्ने कुरा हो, अनुसन्धानलाई दबाब दिनु हुँदैन र प्रदर्शन जरुरी पनि छैन, राज्यले पनि उनीहरुमाथि दबाब सिर्जना गर्नु हुँदैन ।”

प्रहरीले उक्त घटनामा पत्रकार पुडासैनीले मर्नुअघि मोबाइलमा श्रव्यदृश्य रेकर्ड गरेको भिडियोमा नाम किटान भएअनुसार पक्राउ गरी अनुसन्धान थालेको जनाएको छ । नेपाल पत्रकार महासङ्घ चितवनका अध्यक्ष राधेश्याम खतिवडाले न्यायिक चरणमा पुगिसकेकाले उक्त घटनामा न्यायालयको फैसला पर्खनुको विकल्प नरहेको राससलाई प्रतिक्रिया दिनुभयो । “संयम भएर फैसला कुर्नुभन्दा अरु केही देखिँदैन”, खतिवडाले भन्नुभयो । लामिछानेको समर्थनमा सत्यतथ्य छानबिनको माग गर्दै प्रदर्शन भइरहेको र अर्कोतर्फ पुडासैनीले न्याय पाउनुपर्छ भन्दै ¥याली निकाल्ने काम भएको उहाँले जानकारी दिनुभयो ।

चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्लले चितवनमा भइरहेको उच्छृङ्खल गतिविधिको सूक्ष्म निगरानी भइरहेको र धैर्यका साथ संयम भएर प्रहरीले काम गरिरहेको बताउनुभयो । “अस्पतालजस्तो संवेदनशील क्षेत्रलाई आड बनाएर प्रहरीमाथि नै आक्रमणको दुष्प्रयास भएको छ, प्रहरीले भीड नियन्त्रण गर्न खोज्दा अस्पतालमा लुक्ने अनि फेरि गैरकानूनी गतिविधिमा उत्रने काम शनिवार भयो, तैपनि प्रहरी संयम भएर सुरक्षामा खटिएको छ”, मल्लले भन्नुभयो । शनिबार मोबाइल गस्तीमा रहेको प्रहरीको गाडीलाई आक्रमण प्रयास भएपछि प्रहरीले केही सेल अश्रुग्यास र लाठी चार्ज गरेर भीड तितरवितर पारेको थियो ।

उक्त घटनाको विषयमा नेपाल पत्रकार महासङ्घले केही दिनअघि विज्ञप्ति जारी गरी सत्यतथ्य छानबिन गर्न आग्रह गरेको छ । महासङ्घले सञ्चारगृहमा गएर गरिएको सञ्चारकर्मीको गिरफ्तारीको पनि विरोध गरेको छ । नागरिक समाज चितवनले पनि शनिवार विज्ञप्ति जारी गरी जाहेरीउपर अनुसन्धानको सिलसिलामा मानिस पक्राउ गर्नु स्वाभाविक भएको उल्लेख गर्दै उक्त घटनाको निष्पक्षरूपमा छानबिन र अनुसन्धान गर्न माग गरेको सचिव गोपीलाल देवकोटाले बताउनुभयो । विज्ञप्तिमा छानबिनको विषयमा कुनै पनि किसिमको दबाब सिर्जना नगर्न र निष्पक्ष छानबिनका लागि सहयोग गर्न नागरिक समुदायसँग आग्रह गरिएको उहाँले जानकारी दिनुभयो ।

बिहीबार सार्वजनिक भएको पुडासैनीले मर्नुअघि मोवाइलमा रेकर्ड गरेएको भिडियोका आधारमा प्रहरीले अनुसन्धानका लागि न्यूज २४ टेलिभिजनको ‘सिधा कुरा जनतासँग’ कार्यक्रमका सञ्चालन रवि लामिछाने, सोही कार्यक्रममा कार्यरत युवराज कँडेल र ओखलढुङ्गाकी रुकु भन्ने अस्मिता कार्कीलाई काठमाडौँबाट पक्राउ गरी चितवन लगेको थियो । उनीहरुलाई प्रहरीले शुक्रबार चितवन जिल्ला अदालतमा पेश गरेकामा अदालतले अनुसन्धानका लागि पाँच दिनको म्याद दिएको छ ।

उक्त भिडियोको प्रहरीले डिजिटल परीक्षणसमेत गरिसकेको छ । परीक्षणमा रेकर्ड गरिएको भिडियो उनकै रहेको पुष्टि भएको प्रहरीले जनाएको छ । मुलुकी अपराध संहिता, २०७४ को ज्यानसम्बन्धी कसुरअन्तर्गत दफा १८५ मा कसैले कसैलाई आत्महत्या गर्न दुरुत्साहन दिन वा त्यस्तो काम गर्नेसम्मको परिस्थिति खडा गर्न वा गराउन हुँदैन । यस्तो कसुर गर्ने व्यक्तिलाई पाँच वर्षसम्म कैद र रु ५० हजारसम्म जरिवाना हुने उल्लेख छ ।

शनिबारको प्रदर्शनमा उच्छृङ्खलता प्रदर्शन गरी प्रहरीमाथि ढुङ्गा हानेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरी अनुसन्धान थालेको चितवनका प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिनुभयो । उनीहरुलाई कानूनअनुसार कारवाही हुने बताउँदै कोइरालाले भन्नुभयो, “प्रदर्शन एउटा पाटो, अनुसन्धान अर्को पाटो हो, यसले अनुसन्धानलाई केही फरक पर्दैन ।”

यसअघि शुक्रबार पनि चितवनमा प्रदर्शन भएको थियो । माउन्टेन टेलिभिजनका पत्रकार पुडासैनी यही साउन २० गते चितवनको नारायणगढस्थित होटल कङ्गारुको कोठाभित्र झुण्डिएको अवस्थामा मृत भेटिएका थिए । घटना हुनुअघि उनले पक्राउ परेका तीन जनाको नाम लिएर आफूलाई यो अवस्थामा पु¥याउन बाध्य बनाएको भन्दै रेकर्ड गरिएको भिडियो फेला परेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com