ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लक्ष्यको तुलनामा राजश्व सङ्कलनमा १३ प्रतिशतले कमी


एबीसी न्यूज

काठमाडौं, ३० साउन । पश्चिम नवलपरासीको महेशपुर भन्सार कार्यालयले आर्थिक वर्ष २०७५/७६ मा कूल रु १२ करोड ९६ लाख २४ हजार ५१९ बराबरको राजश्व सङ्कलन गरेको छ । सो आर्थिक वर्षमा करीब १५ करोड राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । यो लक्ष्यको तुलनामा १३ दशमलव ५८ प्रतिशतले कमी हो । कर्मचारी अभाव तथा भौतिक पूर्वाधार र अन्य समस्याका कारण लक्ष्यभन्दा केही कम राजश्व सङ्कलन भएको महेशपुर भन्सार कार्यालयले जनाएको छ ।

यो जिल्ला खुला सिमाना भएका कारण सीमावर्ती क्षेत्रमा व्यापक चोरी तस्करी हुने हुनाले पनि भन्सारको राजश्व लक्ष्यभन्दा कम सङ्कलन भएको कार्यालयले जनाएको छ । मूल भन्सारमा परिणत भएको एक वर्ष बितिसक्दा पनि यसको विस्तारका लागि आवश्यक धैरे काम गर्न बाँकी नै छ । भन्सार कार्यालयलाई पूर्णरूपमा कार्यान्वयमा ल्याउनका लागि आवश्यक जग्गा अधिग्रहण, सडक, ठूला गोदाम, जाँचकी भवन, कर्मचारी बस्ने भवनजस्ता महत्वपूर्ण भौतिक पूर्वाधारको विकास हुन बाँकी देखिन्छ ।

कोलकता बन्दरगाह नाकाबाट सबैभन्दा छोटो दूरीमा पश्चिम नवलपरासीको महेशपुर नाका मानिन्छ । नेपाल र भारत दुवैतर्फ आवश्यकताअनुसार सडक सञ्जाल र दुवै भन्सार कार्यालयको उचित ब्यवस्थापन हुन सके यस भन्सार कार्यालयले पनि लक्ष्यअनुसार राजश्व सङ्कलन गर्न सक्ने अवस्था देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com