ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

धार्मिक सहिष्णुतामा आधारित इन्द्रेणी जस्तै सुन्दर छ– मुख्यमन्त्री पौडेल


एबीसी न्यूज

काठमाडौँ, २७ साउन । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सबै जाति र संस्कृतिका चाडपर्वहरुप्रति सरकारले उत्तिकै सम्मान गर्ने बताउनुभएको छ । इस्लाम धर्मावलम्बीहरूको महान् पर्व बकर इद ९इदुल जोहा० का अवसरमा शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री पौडेलले सभ्यता, संस्कृति र कलामा सयौँ वर्षअगाडि देखि नै यस प्रदेशले प्रसिद्धि पाएको तथा यस प्रदेशमा अनगिन्ती प्राकृतिक, सांस्कृतिक र पुरातात्त्विक सम्पदाहरु रहेको बताउनुभयो ।

मुख्यमन्त्री पौडेलले आज एक शुभकामना सन्देश जारी गरी देश तथा विदेशमा रहने सम्पूर्ण नेपालीमा समृद्धिको कामना गर्नुभएको छ । “इदका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण इस्लाम धर्मावलम्बी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि तथा सुस्वास्थ्यको हार्दिक शुभकामना व्यक्त गर्दछु , बहुजाति, भाषा, धर्म, संस्कृतिले भरिपूर्ण यो प्रदेश सामाजिक, सांस्कृतिक, जातीय, धार्मिक सहिष्णुतामा आधारित इन्द्रेणी जस्तै सुन्दर छ”, पौडेलले सन्देशमा भन्नुभएको छ ।

“संविधानले सङ्घ, प्रदेश र स्थानीय तहको अन्तरसम्बन्ध सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तमा आधारित हुने व्यवस्था गरेको छ । तीन वटै तहका सरकार जनताप्रति उत्तरदायी, जनताबाट सञ्चालित र जनताको सेवामा समर्पित भई ‘सुखी नेपाली, समृद्ध नेपाल’ बनाउने महान् उद्देश्य पूरा गर्न समन्वयका साथ अघि बढी इतिहास रच्ने आधार बनाउन प्रतिबद्ध छन्”, सन्देशमा उल्लेख छ ।

पौडेलले सन्देशमार्फत बकर इद पर्वका अवसरमा राष्ट्रिय एकता, सामाजिक सद्भाव, सुख, शान्ति, समृद्धि तथा सुस्वास्थ्यको कामना गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com