ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाढी, पहिरो र डुबान पीडितलाई उद्धार, राहत र पुर्नस्थापनामा ध्यान दिन सरकारको ध्यानाकर्षण (भिडियोसहित)


एबीसी न्यूज

काठमाडौं, ९ साउन । बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा बाढी, पहिरो र डुबानको सन्दर्भमा सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल भएको छ । प्रतिपक्षीले प्रभावित क्षेत्रमा सरकारको उपस्थिति कमजोर दावी गरेको छ भने सत्तारुढ सांसदले सरकारको बचाउ गरेका छन् ।

अबिरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानका कारण देशभरी सयौँको संख्यामा मृत्यु भएको , घाइते भएको, राजमार्ग अवरुद्ध भएको, विद्युत सेवा बन्द भएको सन्दर्भमा बुधबार प्रतिनिधि सभा बैठकमा जरुरी सार्वजनिक महत्वको प्रस्तावमा छलफल भएको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको प्रस्ताव र राजपा नेपालको समर्थनमा प्रस्तावमाथि छलफल भएको हो । बैठकमा जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा सहभागी हुदै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बाढी तथा डुबान प्रभावित जिल्लामा सरकारले उद्धार, राहत र पुर्नस्थापनामा ध्यान नदिएको आरोप लगाए ।

राष्ट्रिय जनता पार्टी, नेपालका संयोजक राजकिशोर यादवले वर्षात पीडितका लागि तत्काल उद्धार र राहतको उचित व्यवस्था गर्न सरकारसँग माग गरे । उनले तराईमा सधै आउने डुबानको समस्या समाधान गर्न पूर्व तयारी गर्न नसकेको भन्दै सरकारप्रति आक्रोश पनि व्यक्त गरे । बाढी, पहिरो र डुबान पीडितलाई राहत विवरणका लागि प्रदेश र स्थानीय सरकारसँग आवश्यक समन्वय गर्न पनि सरकारलाई सचेत गराए ।
नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का सांसद प्रभु शाहले लगातारका वर्षाका कारण तराइबासीमा समस्या भएकोले सरकार सुरक्षित आवास, खाद्यान्न,यातायात र विद्युतको प्रबन्धमा अझै सरकार खट्नु पर्ने सुझाए ।

नेपाली काँग्रेसका सांसद डा. मिनेन्द्रप्रसाद रिजालले बाढी, पीडितलाई पुनस्थापनका लागि राष्ट्रिय सहमति जुटाउन प्रस्ताव पेश गर्नु परेको स्पष्ट पारे । सांसद रिजालले बाढी, राहत र उद्धारमा सरकारले हालसम्म गरेका कामको जानकारी संसदलाई गराउन पनि गृहमन्त्री रामबहादुर थापासँग माग गर्नु गरे । जनतालाई राहत, उद्धार र पुनस्थापनाको उचित व्यवस्था गर्न पनि सरकार र प्रतिपक्ष दलहरुले मिलेर काम गर्नुपर्ने उनको भनाइ छ ।

नेकपाका सांसद देवेन्द्र पौडेलले अहिले देशमा भएका विपत्तिमा सरकार सम्वेदनशिल रहेको बताए । सरकार प्रभावित क्षेत्रमा पुगेर आफ्नो उपस्थिती जनाएको र जनधनको क्षती भएको ठाउँमा सरकार पुगेको उनको भनाइ छ ।  संसदमा जनप्रतिनिधिले उठाएका सवालहरुमा सरकारले गम्भिर रुपले ध्यान पुर्याउनुपर्छ । उद्धार, राहत र पुर्नस्थापनाको काममा तिव्रता दिनुपर्छ । तीनै तहको सरकारबीच समन्वय गरी विपत्तीबाट जनमानसलाई बचाउनुपर्छ । जनधनको क्षती रोक्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

‘राजनीतिक कुलत’बारेको सैद्धान्तिक दृष्टिकोण

पार्टी चलाउन युवा पुस्ताको ढंग भएन, पुरानाका उछलकुद रहस्यमय छ : डा रिजाल(भिडियो वार्ता)

मूलधारका पार्टीहरु विरासतका पार्टी बन्न पुगेः डा.मिनेन्द्र रिजाल, नेता नेपाली काँग्रेस

जेन–जी पुस्ताको आक्रोश निरन्तर चल्ने आँधी हो

जेनजी पुस्ता के चाहन्छ ? दुनियाभरको अनुभवले के भन्छ ?

के हो चिनिया सुरक्षा अवधारणा, किन समर्थन गरे ओलीले ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com