ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हिंसापीडितका लागि सहारा बन्दै ओसिएमसी


एबीसी न्यूज

 

काठमाडौं, १ साउन । अस्पतालमा आधारित लैङ्गिक हिंसासम्बन्धी एकद्वार सङ्कट व्यवस्थापन केन्द्र ओसिएमसी हिंसापीडित व्यक्तिका लागि सहारा बनेको छ ।

केन्द्रले प्रदान गर्ने निःशुल्क उपचार, कानूनी, मनोसामाजिक परामर्शजस्ता सेवाले लैङ्गिक हिंसा रोकथाम र नियन्त्रणमा सघाउ पुग्ने हुँदा हिंसापीडित व्यक्तिका लागि सहारा बनेको हो ।

पश्चिम नवलपरासीस्थित पृथ्वीचन्द्र अस्पताल परासीमा सञ्चालित सो केन्द्रबाट आव २०७५/७६ मा ४०९ महिला र एक पुरुष गरी कूल ४०० दशजना लैङ्गिक हिंसापीडितले सेवा लिएका छन् । यो अघिल्लो आवको तुलनामा ६ दशमलव ३९ प्रतिशतले बढी हो । आव २०७४/७५ मा ३८३ जना लैङ्गिक हिंसापीडितले केन्द्रबाट सेवा लिएका थिए । तीमध्ये ३८३ महिला र १७ पुरुष रहेका छन् । त्यस्तै, आव २०७३/७४ मा ३५९ जना र आव २०७२/७३ मा २२२ लैङ्गिक हिंसापीडितले सेवा लिएको सो केन्द्रले जनाएको छ । केन्द्रमा सेवा लिन आउनेमध्ये महिलाको तुलनामा पुरुषको सङ्ख्या अत्यन्त न्यून देखिएको छ ।

पछिल्लो एक वर्षको अवधिमा रामग्राम नगरपालिकाबाट २३९, पाल्हिनन्दन गाउँपालिकाबाट ७२, प्रतापपुर गाउँपालिकाबाट २२, सुनवल नगरपालिकाबाट १९, सरावल गाउँपालिकाबाट आठ र बर्दघाट नगरपालिकाबाट एक हिंसापीडित उपचारका लागि आएको केन्द्रले जनाएको छ । यसरी उपचारका लागि आउनेमा ३६० जना आफँै, ४८ जना प्रहरी र दुई जना स्थानीय तहमार्फत आएको केन्द्रले जनाएको छ ।

ओसिएमसी कार्यक्रमका सम्पर्क व्यक्ति स्टाफ नर्स रञ्जिता चौधरीका अनुसार ग्रामीण क्षेत्रका पीडित महिलाको यो सेवामा पहुँच बढ्दै गइरहेको छ । केन्द्रमा पाउने उपचार, परामर्श सेवाले न्यायको लागि कानूनी बाटो समात्नसमेत पीडितलाई सहज भएको छ ।

“विगतमा प्रचारप्रसारको कमी थियो, सेवाबारे विश्वास कम थियो, परिवार र समाजको दबाबले पीडित सेवा केन्द्रसम्म आउन सक्ने अवस्था थिएन, पीडितले सत्य बाहिर ल्याउन हिच्किचाउने गर्थे, अहिले चेतना बढेपछि उहाँहरु आउन थाल्नुभएको छ”, उहाँले भन्नुभयो ।

सेवा लिनेमा १९ देखि ४९ वर्ष उमेर समूहका धेरै छन् । यो उमेर समूहका २८६ ले सेवा लिएका छन् भने १८ वर्षमुनिका ७५ र ५० वर्षमाथिका ४९ जना छन् । जातिगत हेर्दा सबैभन्दा बढी मधेशी समुदायका महिला हिंसामा परेका छन् । यो समुदायका १९२ महिलाले सेवा लिएका छन् । त्यसपछि दलित समुदायका १३८, जनजाति ३७ र मुस्लिम २४ छन् ।

घरेलु हिंसा, शारीरिक चोटपटक तथा मानसिक यातना र यौनजन्य हिंसाबाट पीडित महिला बढी मात्रामा केन्द्रमा उपचारका लागि आउने गरेको दाबी चौधरीको छ । पीडितको अवस्था हेर्दा शिक्षित परिवारकै बढी महिला हिंसामा पर्ने गरेको केन्द्रले जनाएको छ । विभिन्न प्रकारको लैङ्गिक हिंसाबाट विशेष गरी महिला तथा बालबालिकामा पर्न जाने शारीरिक, यौनजन्य तथा मनोवैज्ञानिक असरको एकीकृत र प्रभावकारी उपचारका लागि सञ्चालन गरिएको यो केन्द्र पृथ्वीचन्द्र अस्पतालमा विसं २०७० पुस १४ गतेबाट सञ्चालनमा आएको हो ।

यहाँबाट लैङ्गिक हिंसापीडित तथा प्रभावितलाई स्वास्थ्योपचार तथा मनोसामाजिक परामर्श सेवा उपलब्ध गराउने, कानूनी एवं अन्य परामर्श सेवा दिने, आवश्यक सुरक्षाको व्यवस्था मिलाउने, पुनःस्थापना गर्न र लैङ्गिक हिंसाका घटना नियन्त्रणसमेत कार्य हुने गरेको छ ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं जिल्ला समन्वय समिति जिससका प्रमुख शिवशङ्कर रायले चेतना जागृत हुँदै गएपछि सेवा लिन आउने क्रम बढेको बताउनुभयो । “हिंसा सहेर बस्नु हुँदैन भन्ने चेतना बढेको छ, महिला खुल्न थाल्नुभएको छ, तर हामीले हिंसा नै नहुनेतर्फ ध्यान दिनु आवश्यक छ”, उहाँले भन्नुभयो ।

एकद्वार सङ्कट व्यवस्थापन केन्द्र सञ्चालन समन्वय समितिका अध्यक्ष एवं प्रजिअ शम्भुप्रसाद मरासिनीले ग्रामीण क्षेत्रका पीडितसम्म यो सेवाका बारेमा अझै जानकारी गराउन आवश्यक रहेको बताउनुभयो । “वडावडामा रहेका जनप्रतिनिधिमार्फत यो सेवाको व्यापक प्रचार गर्न सके थप प्रभावकारी हुने देखिन्छ, पीडकलाई कारवाही र पीडितको पुनस्र्थापना भने अहिले पनि चुनौती नै छ”, उहाँले भन्नुभयो ।

रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्र गुप्ताले कानूनी रुपमा मात्रैभन्दा सामाजिक चेतनाको माध्यमबाट हिंसा अन्त्यको समाधान खोज्नुपर्नेमा जोड दिनुभयो । प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माले ग्रामीण क्षेत्रका महिलाहरु अझै पनि यो सेवाका बारेमा जानकारी नहुँदा पीडा सहेर बस्ने गरेको उल्लेख गर्दै व्यापक प्रचारप्रसार र सचेतना जगाउनुपर्नेमा जोड दिनुभयो ।

हिंसामा परी केन्द्रको सम्पर्कमा आउने व्यक्तिलाई आकस्मिकलगायतका सबै सेवा निःशुल्क उपलब्ध गराउने गरिएको छ । हिंसा सहने र लुकाउने कतिपय पीडित ढिलो गरी केन्द्रको सम्पर्कमा आउने गरेका छन् । “केन्द्रको सेवाबारे सबैलाई थाहा होस् भनेर सूचना प्रसारमा पनि जोड दिएका छौँ”, प्रजिअ मरासिनीले भन्नुभयो, “कोही पनि हिंसापीडित सेवाबाट वञ्चित हुने अवस्था नरहोस् भन्नेमा हामी सचेत छौँ ।”

जिल्ला प्रहरी कार्यालय, महिला तथा बालबालिका कार्यालय, बाल कल्याण समिति र अस्पतालकै अन्य विभागबाट समेत पीडित ‘ओसिएसी’ को सम्पर्कमा आइपुग्छन् । कतिपय पीडित भने सिधँै ‘ओसिएमसी’ मा आउने गरेका छन् । सरकारको लैङ्गिक हिंसाविरुद्धको कार्य योजना–२०१० का आधारमा स्वास्थ्य मन्त्रालयले देशका विभिन्न अस्पतालमा ‘ओसिएमसी’ सञ्चालनमा ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com